«

»

देशलाई तीव्र आर्थिक विकास र समृद्धितिर लैजाने एउटा सोच र विचारको जग बसाले : डा. बाबुराम भट्टराई

प्रधानमन्त्रीका १८ महिनाले डा. बाबुराम भट्टराईको व्यक्तिगत जीवनमा के अर्थ लाग्छ ?

व्यक्तिको जीवनमा उतारचढाव त भइराख्छन् । म एउटा सामान्य गाउँको किसान परिवारमा हुर्केको मान्छे राष्ट्रको यति ठूलो जिम्मेवारी वहन गर्न पाउनु एउटा खुसी र गर्वकै विषय हो । त्योभन्दा पनि महत्त्वपूर्ण विषय नेपाल अहिले जुन संक्रमणकालबाट गुजि्ररहेको छ त्यसमा शान्तिप्रक्रिया पूरा गर्नु, राजनीतिक परिवर्तनलाई संस्थागत गर्नु र देशलाई तीव्र आर्थिक विकास र समृद्धिको दिशामा लैजानु नै मेरा सपना हुन् । मैले १८ महिनामा त्यसैलाई मूर्तरूप दिने प्रयत्न गरँे । शान्तिप्रक्रियाका मूलभूत काम पूरा भए, संविधान निर्माणको काम दलहरूबीच असमझदारीका कारण पूरा हुन सकेको छैन । मैले मेरो आप\mनो कार्यकालमा आर्थिक समृद्धिको दिशामा केही आधार निर्माण गर्ने एउटा जग निर्माण गर्ने काम सुरु गरँे भन्ने मलाई लाग्छ । इतिहासले पछिसम्म पनि एउटै कुराले मलाई सम्झन पर्‍यो भने देशलाई तीव्र आर्थिक विकास र समृद्धितिर लैजाने एउटा सोच र विचारको जग बसाल्यो भनेर बुझिदियो भने मलाई त्यसैमा सन्तुष्टि हुन्छ ।

यो १८ महिनामा आफ्नो व्यक्तिगत जीवनमा के पाएँ के गुमाएँ जस्तो लाग्छ ?

पाउनु र गुमाउनुभन्दा पनि एउटा दायित्वबोधको कुरा हो । देश र जनताको सेवामा समर्पित हुनैका लागि मैले आफ्नो निजी जीवनलाई पूरै परित्याग गरेर यो मार्गमा लागेको हुँ । त्यसैले मैले के पाएँभन्दा पनि देश र जनताले मलाई जुन अवसर दियो त्यो देश र जनताको हितमा प्रयोग गर्न सकँे कि सकिनँ भनेर मैले मूल्यांकन गर्नुपर्छ । देश र जनताका निम्ति सेवा गर्न पाउनु मेरा निम्ति एउटा ठूलो गौरव र उपलब्धि हो ।

यो कार्यकालमा तपाईर्ंंंले गरेका काममध्ये सम्झनायोग्य र दूरगामी महत्त्व राख्ने के-के हुन् ?

यो विशिष्ट अवस्था हो, त्यसैले सामान्य अवस्थाझैँ मूल्यांकन गर्न मिल्दैन । असार-साउनमा खेतिपाती गर्नु र पुस-माघमा खेतिपाती गर्नुको परिणाम फरक हुन्छ । यो संक्रमणकालमा मैले गर्न सक्ने कामको मूल्यांकन त्यही सापेक्षतामा गर्नुपर्छ । पुसमा खेतिपाती गरेकोजस्तो परिणाम असारमा खेतिपाती गरेकोजस्तो हँुदैन । त्यसैले यही सापेक्षतामा हेरियोस् । यसरी हेर्दा सबैभन्दा पहिलो काम सेना समायोजनलाई सफलतासाथ सम्पन्न गर्नु मेरो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि हो । देशमा सुशासन र समृद्धिको जुन कार्ययोजना बनाएर लागू गर्ने प्रयत्न गरँे ती पनि स्मरण गर्न योग्य छन् । यसैक्रममा ठूला १७ आयोजना राष्ट्रिय गौरवका योजना घोषणा गरेर तिनलाई अगाडि बढाउने काम पछिसम्म मान्छेले सम्झनेछन् । यस्तै नेपालमा जुन अव्यवस्थित रूपमा सहरीकरण भइरहेको छ, काठमाडौं उपत्यका नै सहरीकरणको मुख्य केन्द्र थियो त्यसैले मैले सहरी विकास मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरण र काठमाडौंको सडक विस्तार योजनालाई जुन महत्त्वसाथ अगाडि बढाएँ यसले पनि मलाई पछिसम्म सम्झन्छ जस्तो लाग्छ । त्यस अतिरिक्त बहुसंख्यक नेपालीको समस्या भनेको गरिबी र बेरोजगारी हो । त्यसैले गरिबी अन्त्यका निम्ति मैले गरिबको पहिचान गर्ने, परिचयपत्र वितरण गर्ने र तिनलाई राहत दिने जुन अभियान मेरो कार्यकालमा भएको छ त्यो सम्पन्न भएपछि नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेका जनताले दीर्घकालसम्म मलाई सम्झनेछन् भन्ने ठान्छु । यस्तै युवाको बेरोजगारी नेपालको सबैभन्दा ठूलो समस्या हो । त्यसका निम्ति म अर्थमन्त्री छँदा जुन स्वरोजगार कार्यक्रम अगाडि सारेको थिएँ त्यसलाई अगाडि बढाउने प्रयत्न भयो, त्यसको अतिरिक्त रोजगारी सिर्जनाका निम्ति खासगरेर कृषि र ऊर्जाका क्षेत्रमा लगानी वृद्धि गरेर त्यसको आधुनिकीकरण गर्ने, ठुल्ठूला परियोजना सुरु गरेर लाखौँलाख रोजगारी सिर्जना गर्ने योजना एकापट्ट िअर्कोपट्ट िकृषिको आधुनिकीकरण गरेर विदेश पलायन भएका युवालाई देशमा फर्केर आधुनिक ढंगको कृषि गर्नका निम्ति सुलभ दरमा ऋण अनुदान दिने र आप\mनै स्वरोजगार सुरु गर्ने कामलाई अगाडि बढाइयो । त्यो पनि मेरो एउटा स्मरणयोग्य काम हो । यस्तै उत्पीडित क्षेत्रका लागि पनि मैले ध्यान दिने कोसिस गरँे । विकास खालि काठमाडौंवरिपरि सहरी क्षेत्रमा मात्र केन्दि्रत हुन्थ्यो, त्यसलाई खासगरी सुदूरपश्चिम र कणर्ाली क्षेत्रमा पनि विकासको लहर ल्याउनुपर्छ भन्ने सोचसाथ सुदूरपश्चिम विकास आयोग र कणर्ाली विकास आयोग गठन गरेर विकास अगाडि बढाउन मैले प्रयत्न गरँे । यस्तै शिक्षा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने ढंगले मैले प्रत्येक उच्च शिक्षा हासिल गर्ने व्यक्तिले गाउँमा गएर सेवा गर्नुपर्ने शिक्षाको क्षेत्रमा र खासगरी स्वास्थ्यको क्षेत्रमा डिग्री प्राप्त गर्नु पहिले अनिवार्य रूपमा गाउँमा गएर काम गर्नुपर्नेजस्ता योजना मेरो कार्यकालमा सुरु भएका छन् । यसरी झ्वाट्ट हेर्दा सानाजस्ता देखिए पनि दीर्घकालीन महत्त्वका केही ठूला काम मेरो कार्यकालमा भएका छन् र पछि यसको प्रतिफल प्राप्त हुनेछ । इतिहासले मलाई सम्झनेछ ।

आफ्नो कार्यकालमा आफूले चाहेर पनि गर्न नपाएका कामहरू के छन् ?

मेरो कार्यकाल १८ महिनासम्म देशमा एउटा बजेट र नीति कार्यक्रम नै पेस नहुनु नेपाली इतिहासकै सबैभन्दा ठूलो दुर्भाग्यपूर्ण कुरा थियो । खासगरी प्रतिपक्षी दलको असहमति र राष्ट्रपतिले त्यसैलाई बहाना बनाएर बजेटको अध्यादेश नै जारी नगर्ने जुन अडान लिइरहनुभयो त्यो कारणले गर्दा बजेट प्रस्तुत हुन सकेन । त्यसले गर्दा देशलाई आर्थिक विकास र सामाजिक परिवर्तनको प्रत्याभूति दिलाउने ढंगको कार्यक्रम अगाडि बढाउन मैले चाहेको थिएँ । म अर्थमन्त्री हँुदा जुनखालको प्रशंसा भएको थियो त्यसलाई अगाडि बढाएर काम पूरा गर्न सकिनँ, त्यो यो कालखण्डमा मैले गर्न नपाएको अनुभूति हुन्छ । त्यस अतिरिक्त एउटा स्थायी र स्थिर प्रकारको सरकार भइदिएको भए देश र जनताका पक्षमा थुप्रै काम छिटो-छिटो गर्न सकिन्थ्यो तर यो संक्रमणकालले गर्दा ती काम गर्ने अवस्था रहेन । त्यसले गर्दा म आफूले यो जटिल कालखण्डमा रहेर पनि जनतालाई एउटा आशाको दियो बाल्नेसम्म जुन काम गर्न सकियो त्यसैमा मलाई सन्तोषको अनुभूति हुन्छ ।

सडक विस्तारबाहेक बाबुरामले गतिलो काम गरेनन् भन्नेहरू पनि छन् । राष्ट्रिय गौरवका कार्यक्रम पनि जुन महत्त्वाकांक्षाका साथ ल्याइएको थियो तर त्यो अनुपातमा बढ्न सकेनन् नि ?

मुख्य समस्या बजेट नै हो । हामीले बजेट प्रस्तुत गर्न नपाउँदा पुरानै बजेटभित्र रहेर काम गर्नुपर्ने अवस्था रह्यो । त्यसभित्र रहँदारहँदै पनि हामीले राष्ट्रिय गौरवका जुन १७ आयोजना खासगरी ठूला जलविद्युत् योजना, अन्तर्राष्ट्रिय विमानस्थल, ठूला सिँचाइ आयोजना र पूर्व-पश्चिम, उत्तर-दक्षिण लोकमार्गको जुन विकास गर्ने योजना बनायौँ ती विगतको तुलनामा तीव्र गतिमै अगाडि बढेका छन् । मलाई विश्वास छ हामीले अवसर पायौँ भने यी राष्ट्रिय गौरवका योजना केही वर्षभित्रै पूरा गरेर नेपाललाई नयाँ समृद्धिको दिशामा पुर्‍याउन सक्छौँ ।

@nayapatrika