«

»

चितवन पत्रकार महासंघले स्थापना दिवस मनाउने ।

भरतपुर । नेपाल पत्रकार महासंघले चैत्र १६ गते ५८ औं स्थापना दिवस मनाउने भएको छ । 
‘संविधानसभा निर्वाचनमार्फत लोकतान्त्रिक संविधान, स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ चितवन शाखाले चैत्र १६ गते शुक्रबार बिहान ८ बजे महासंघको शाखा कार्यालयबाट चौबीसकोठीसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिने शाखा सचिव राधेश्याम खतिवडाले बताउनुभयो । 
महासंघले बुधबार विज्ञप्ति जारी गरी प्रभातफेरी कार्यक्रममा उपस्थित हुन चितवनका सम्पूर्ण सञ्चारकर्मीहरुलाई अनुराध गरेको छ । २०११ साल चैत्र १६ गते महासंघको स्थापना भएको थियो ।