«

»

मौलाकालिकामा कमलको नेतृत्व

सञ्चारपत्र सम्वाददाता
गैंडाकोट, ५ पुस
मौलाकालिका समाज केन्द्र नेपाल गैंडाकोट–१ को छैठौं अधिवेशनले कमलप्रसाद कँडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले कँडेलको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रमोद गौडेल (पुरुषोत्तम), सचिवमा रोजन घिमिरे, कोषाध्यक्षमा सीता पुन र सहसचिवमा नरेश आचार्य रहेका छन् । त्यसैगरी समितिका सदस्यहरुमा ढगेन्द्र सापकोटा, गोविन्द रेग्मी, माधव सापकोटा, जितबहादुर कुमाल र दिपक आचार्य चयन भएका छन् ।
मौलाकालिका समाज केन्द्र नेपालका निवर्तमान अध्यक्ष ढगेन्द्र सापकोटाको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटनसत्रमा उद्योग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष अमृत भट्टचन, धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष विष्णुहरी रिमाल, गैंडाकोट नगरपालिकाका प्रतिनिधि वेदप्रसाद गौडेल लगायतले मन्तव्य राखेका थिए ।