«

»

नेपालमा दन्त चिकित्सकको सेवा अति नै न्यून छ

budhhiman shresthaबिडिएस, इएमबिए तथा एज डिग्रीका धनी डाक्टर बुद्धिमान श्रेष्ठ 

काठमाडौँमा सञ्चालित कान्तिपुर डेन्टल कलेज टिचिड्ड हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष हुनुहुन्छ । रोटरी क्लब अफ काठमाडौँ नर्थका पूर्व अध्यक्ष रहिसक्नुभएका डाक्टर बुद्धिमान विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत क्रियाशील हुनुहुन्छ । प्रस्तुत छ सञ्चारपत्र दैनिकका लागि पत्रकार वीरेन्द्रमणि पौडेलले डा. बुद्धिमानसँग गर्नुभएको कुराकानीको सार संक्षेपः

१. कान्तिपुर डेन्टल कलेज के उद्देश्यले कहिले स्थापना गरिएको हो ? उद्देश्य पूरा हुन कति समय लाग्ने अनुमान गर्नुभएको छ ?
कान्तिपुर डेन्टल कलेजको स्थापना सन् २००७ मा भएको हो । देशमा अन्तर्राष्ट्रिय स्तरको दन्त स्वास्थ्य विषयको कलेज स्थापना गरी गुणस्तरीय दन्त स्वास्थ्य शिक्षा प्रदान गर्ने उद्धेश्यका साथ स्थापित यस कलेजले आफ्नो उद्धेश्य प्राप्तिमा निरन्तर कार्य गर्दैछ ।
२. तपाईंलाई थाहा भए अनुसार नेपालमा दाँत सम्बन्धी पढाइ र यस सम्बन्धी चिकित्सक उत्पादन गर्ने कार्यको शुरुआत कहिलेदेखि भएको हो ?
नेपालमा दाँत सम्बन्धी पढाईको सम्बन्धमा सन् १९९७ देखि कान्तिपुर स्कुल अफ डेन्टिष्ट्रीले डेन्टल हाइजिन कार्यक्रम शुरु गरेको हो र सोहि वर्षदेखि देशमा ब्याचलर अफ डेन्टल सर्जरी कार्यक्रमको समेत अध्यापन शुरु गरी दन्त चिकित्सक उत्पादन शुरु भएको हो ।
३. एकातर्फ दाँतको उपचार खर्च ज्यादा लाग्छ भनिन्छ, अर्कोतर्फ जनस्तरमा दाँतको हेरविचार र स्याहार–सम्भार गर्नुपर्छ भन्ने चेतना विकास भएको अवस्था छैन । दाँतको उपचार खर्च ज्यादा लाग्छ भन्ने भनाइमा कति सत्यता छ ? दाँतको हेरविचार र स्याहार–सम्भार गर्ने सवालमा नागरिक चेतनास्तर कमजोर भएकै हो ? तपाईंलाई यसबारे कति थाहा छ ?
दाँतको हेरविचार गर्ने सवालमा हाम्रो देशमा अभैmपनि चेतनाको अभाव नै छ । यस कलेजले पनि स्थापना कालदेखि नै चेतना अभिवृद्धिका कार्यक्रमहरु निरन्तर गर्दै आएको छ । ६० भन्दा बढि जिल्लाहरुमा जनचेतना अभिवृद्धि कार्यक्रम, विद्यालय दन्त स्वास्थ्य कार्यक्रम, विभिन्न पेशाकर्मीेहरुलाई जनचेतना अभिवृद्धि जस्ता कार्यक्रमहरु यस संस्थाले गर्दै आएको छ । जहाँसम्म दाँतको उपचार खर्चिलो छ भनिन्छ, साधारणतया अन्य स्वास्थ्य उपचार भन्दा खासै खर्चिलो त होइन तर पनि यो श्रृङ्गारसँग पनि गाँसिएर आउने उपचार भएको हुनाले कुनै कुनै उपचारहरुमा उपचार सामग्री महँगो भएको कारण त्यस्ता उपचारहरु महँगो हुन गएको देखिएको हो ।
४. नेपालमा दन्तसेवा उपलब्धताको अवस्था कस्तो छ ? दन्तसेवा सम्बन्धी जनशक्ति पर्याप्त छ वा कम ? के कारणले अवस्था यस्तो हुन गएको हो ?
दन्त सेवा उपलब्धताको हकमा अझै पनि हामी निकै पछाडि नै छौं । भएका जनशक्तिहरु पनि सहरमानै केन्द्रित भएको हुँदा उपत्यका बाहिर त यसको अवस्था नाजुक देखिन्छ । यदि दन्त स्वास्थ्यकर्मीहरुद्वारा उपत्यका बाहिर पनि सेवा शुरु गर्ने हो भने नेपालमा हाल भएको करिव १५०० जना दन्त चिकित्सकहरुको सेवा अति नै न्यून छ ।

५. नेपालमा कान्तिपुर डेन्टल कलेज लगायत कति ओटा डेन्टल कलेजहरु छन् जसले दन्त चिकित्सक उत्पादन गरिरहेका छन् ? यतिबेला भएका कलेजहरु पर्याप्त छन् वा दन्त चिकित्सक उत्पादनका लागि केही कलेजहरु थप्न जरुरी छ ?
हाल नेपालमा १२ वटा डेन्टल कलेजहरुले दन्त चिकित्सकहरु उत्पादन गरिरहेका छन् । कलेजहरुको पर्याप्तता भन्दा पनि यसका आवश्यक शिक्षकहरु तथा पूर्वाधारहरुको उपलब्धतातर्फ सबैको ध्यान जानु जरुरी देखिन्छ ।

६. एउटा डेन्टल कलेजले वर्षमा कतिजना विद्यार्थी भर्ना गर्न पाउँछ ? पैसा तिरेर पढ्ने विद्यार्थीहरुले पढाइ समाप्त हुने बेलासम्ममा कति रकम खर्च गर्नुपर्छ ?
एउटा डेन्टल कलेजले एक वर्षमा पचासदेखि साठी जना विद्यार्थीहरु भर्ना गर्ने अनुमति पाउँछन् । बि.डि.एस. पढाई समाप्त हुँदासम्ममा प्रति विद्यार्थी २५ देखि ३० लाख रुपैयाँ सम्म खर्च हुन्छ ।

७. हिजोआज मेडिकल शिक्षा ज्यादै महड्डो भयो भन्ने जनस्तरमा चर्चा हुन्छ । तपाईंलाई के लाग्छ साँच्चै मेडिकल शिक्षा हासिल गर्न आर्थिक दृष्टिकोणले कठिन भएको हो ?
मेडिकल शिक्षा संसारभर नै महंगो हो । यसको लागि आवश्यक पूर्वाधारहरु तथा शिक्षकहरुनै महंगो हुनाका कारण यो महंगो हुन गएको हो ।

८. कान्तिपुर डेन्टल कलेजले उपचार सेवा विस्तार गर्दै अस्पताल पनि सञ्चालन गरेको छ । तपाईंहरुले सञ्चालन गर्नुभएको अस्पतालमा उपलब्ध सेवाहरु के के छन् ? कुन कुन सेवा उपलब्ध हुन बाँकी छ ?
यस कलेजले हाल जनरल अस्पताल पनि सञ्चालनमा ल्याएको छ । जसमा २४ सै घण्टा इमर्जेन्सि सेवा, विशेषज्ञ सेवा, आइ.सि.यु., सि.सि.यु., अत्याधुनिक ल्याव परीक्षण जस्ता सेवाहरु उपलब्ध छन् भने केही अति नै विशिष्ट सेवाहरु जस्तै एम.आर.आई., सि.टि.स्क्यान जस्ता सेवाहरु उपलब्ध गराउन प्रयासरत छौं ।

९. नेपाल सरकारले अवलम्वन गरेको दन्त चिकित्सक उत्पादन सम्बन्धी नीति कति सकारात्मक वा नकारात्मक छ तपाईंको बुझाइमा ? कमजोरी भएको भए कसरी सच्याउन सकिएला ?
नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले जस्तो स्वास्थ्य नीति लिएको छ त्यो नीतिमा नै कमीकमजोरी छ । मुख स्वास्थ्य स्वस्थ भएमात्र अरु स्वास्थ्य राम्रो हुन्छ तसर्थ देशको मुख स्वास्थ्य नीति स्पष्ट हुनुप¥यो । मुख तथा दन्त स्वास्थ्य सेवा जनताको पहुँचमा सर्वसुलभ ढंगबाट पुग्ने नीति बन्नु आवश्यक छ । हरेक स्वास्थ्य केन्द्र तथा उप स्वास्थ्य केन्द्रहरुमा दन्त स्वास्थ्यकर्मीहरुको दरवन्दीको व्यवस्था गर्ने नीति कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।

१०. अरु विषय अध्यापन गराउने मेडिकल कलेज पनि सञ्चालन गर्न सक्नुहुन्थ्यो होला । दाँत सम्बन्धी जनशक्ति उत्पादन गर्न तर्फ नै आकर्षित हुनुमा केही विशेष कारण पनि छ कि ?
यस कलेज दन्त स्वास्थ्यमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्धेश्यका साथ स्थापना भएको हुँदा हामी दाँत सम्बन्धि जनशक्ति उत्पादनमा नै अग्रसर भएर लागेका छौं ।

११. तपाईं स्वयम् चाहिँ स्वास्थ्य क्षेत्रतर्फ के कारणले आकर्षित हुनुभयो ?
नेपालमा मुख तथा दन्त स्वास्थ्यको क्षेत्रमा त्यति धेरै जनशक्ति पनि नभएको, यो सँग सम्बन्धित समस्या निकै पाइएको र यस क्षेत्रमा धेरै मान्छेहरु नलागेको हुनाले मैले मुख स्वास्थ्य अभियन्ताको रूपमा काम गर्ने इच्छा जागेर अध्ययन गरेको हुँ । मुख स्वास्थ्यलाई नेपालीहरुले त्यति वास्ता गरेको पाइँदैन । मुख स्वास्थ्य राम्रो नहुँदा शरीरमा विभिन्न किसिमका रोगहरु लाग्नुका साथै अन्य समस्याहरु पनि देखा पर्छ भनेर धेरै शिक्षितदेखि अशिक्षित वर्गमा पनि चेतना नभएकोले उनीहरुमा मुख तथा दन्त स्वास्थ्यको बारेमा चेतना अभिवृद्धि गराउनको लािग मैले यस विषयलाई रोजेको हुँ । आफु स्वयम् पनि दन्त चिकित्सक भएको हुँदा राज्यको लागि आवश्यक दन्त स्वास्थ्यकर्मीहरु उत्पादन गर्ने उद्धेश्यले चेयर साईड असिस्टेन्ट, डेन्टल हाईजिनिष्ट हुँदै हाल दन्त चिकित्सक उत्पादन गर्ने कार्यमा निरन्तर लागिरहेको छु ।

१२. राजनीतिमा चासो कुन हदसम्म राख्नुहुन्छ ?
दन्त स्वास्थ्य सम्वन्धि राष्ट्रिय नीति तथा कार्यक्रमहरु बनाउने तथा दन्त स्वास्थ्यकर्मीहरुको पेशागत हकहितका सम्वन्धमा चासो राख्दछु ।
निस्वार्थ राजनीति सबैभन्दा ठूलो समाज सेवा भएको हुँदा हरेक नागरिकले राजनीतिमा चासो राख्नु स्वभाविक हो ।