रत्ननगर, ६ फागुन
रत्ननगर १ बकुलहरमा रहेको उज्ज्वल महिला विकास बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा बिहीबार रक्तदान कार्यक्रम गरेको छ ।
सो अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बकुलहरमा गरेको रक्तदान कार्यक्रममा १३ महिलासहित ३४ जनाले रक्तदान गरेको संस्थाकी अध्यक्ष ऋतु गिरीले जानकारी दिइन् । जिल्ला बचत तथा ऋण सहकारी संघ चितवनका अध्यक्ष तेजेन्द्रबहादुर खड्का प्रमुख अतिथि रहेको सो कार्यक्रममा रत्ननगर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सीताराम पोखरेल, चितवन रेडक्रसका मन्त्री ज्ञानशाली न्यौपाने, इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक जयराज सापकोटा, भानु प्रेरणा पुस्तकालयका अध्यक्ष चेतनाथ पौडेल, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष बाबुराम गौतम, बकुलहर माविकी प्रध्यानाध्यापक कमला ढकाललगायतले रक्तदानको मह¤वको बारेमा बोलेका थिए ।
संस्थाकी अध्यक्ष ऋतु गिरीको अध्यक्षतामा भएको सो कार्यक्रम संस्थाकी संस्थापक उपाध्यक्ष चन्द्रकुमारी चौधरीले सञ्चालन गरेकी थिइन् । संस्थाले वार्षिकोत्सवको अवसर पारेर सहकारी अवलोकन भ्रमण, सहकारी शिक्षा, नेतृत्व विकास तथा उद्घोषण तालिम गरेको अध्यक्ष गिरीले जानकारी दिइन् ।