तीजलाई भड्किलो नबनाउन प्रशासनको आग्रह

cdoसञ्चारपत्र सम्वाददाता
भरतपुर, २३ भदौ
तीजलाई परम्परा र सँस्कृति धान्ने चाडका रुपमा लिन चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले आग्रह गरेका छन् । पछिल्लो समय तीज भड्किलो बन्दै गइरहेकाले पर्वका नाममा विकृति विसंगति भित्राउन नहुने भन्दै उनले सञ्चारमाध्यमलाई पनि आफ्नो आचारसंहितामा रहन अनुरोध गरे ।
जिल्ला प्रशासन कार्यालय चितवनमा बुधबार आयोजना गरिएको चितवनका टेलिभिजन सञ्चालक र अगुवा पत्रकारहरुसँगको छलफलका क्रममा उनले भने–‘तीजलाई भड्किलो नबनाउन स्थानिय सञ्चारमाध्यमहरुलाई सेल्फ सेन्सर विधि अपनाउन मेरो आग्रह छ ।’
विशेष गरी स्थानीय टेलिभिजनहरुले तीज विशेष कार्यक्रम छायाङ्कन एवम् प्रसारण गर्दा सम्पादनमा ध्यान राखिदिन प्रमुख जिल्ला अधिकारी सिंहले आग्रह गरेका थिए । भड्किलो बन्दै गएको तीज पर्वलाई सामान्य ढङ्गले मनाउन आग्रह गर्दै गएको भदौ ३ गते जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गरेको थियो । सूचना जारी भएपछि जिल्लामा भएका तीज विशेष कार्यक्रमबारे पत्रकारहरुसँग प्रशासन कार्यालयले अन्तरक्रिया एवम् समीक्षा गरेको हो । आमसञ्चारको माध्यमले समाजमा विशेष प्रभाव पार्ने हुँदा जस्तो खिच्यो र जे खिच्यो त्यही प्रसारण गर्ने भन्दा पनि यसलाई सेल्फसेन्सरसीको माध्यमबाट स्वनियन्त्रण गर्न सञ्चारकर्मीहरुलाई उनको अनुरोध थियो ।

Read the rest of this entry »

स्काउटको ‘गाइड फेलोशिप’ अधिवेशन सम्पन्न

scoutसञ्चारपत्र सम्वाददाता
सौराहा, १९ भदौ
अन्तर्राष्ट्रिय स्काउट तथा गाइड फेलोशिप–नेपालको शनिबार सौराहामा सम्पन्न पहिलो अधिवेशनले श्रीराम लामिछानेको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । विश्वका २१ देशहरु स्काउटको गाइड फेलोशिपमा आवद्ध छन् । २५ देशहरु आवद्धताको तयारीमा छन् । Read the rest of this entry »

Older posts «

» Newer posts