अध्यक्ष डा. विष्टद्वारा महासंघ भवनको निरिक्षण

mahendra bishta fnj bulding भरतपुर, ७ भदौ । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले चितवन शाखाद्वारा भरतपुरमा निर्माणाधिन भवनको सोमबार निरिक्षण गरेका छन् । तीन बर्षे कार्ययोजना अनुसार जिल्लाकै सुविधायुक्त ‘सूचना केन्द्र’ बनाउने घोषणा गरी नेपाल पत्रकार महासंघ, चितवन शाखाको अहिले भवन निर्माणको काम भईरहेको छ ।
शाखाको निर्माणाधिन भवन निरिक्षण गर्दै महासंघका अध्यक्ष डा. विष्टले भवन निर्माणको कार्यले गति लिइरहेको जनाउँदै चितवन शाखाका सदस्यहरुको प्रशंसा गरेका थिए । आफ्नो श्रम, स्वतन्त्रतासँग सम्बन्धित विषयहरु सँगसँगै पत्रकार महासंघलाई पूर्वाधार सम्पन्न सक्षम सुदृढ संस्थाको रुपमा विकास गर्ने अभियानमा चितवन शाखाले काम गरिरहेकोप्रति उनले खुशी व्यक्त गरे । महासंघलाई सक्षम र सुदृढ संस्थाको रुपमा अगाडि बढाउनको लागि महासंघका सबै जिल्ला शाखाका भवनहरु निर्माणाधिन हुने क्रममा रहेको पनि उनले बताए । Read the rest of this entry »

संयुक्त जेसीज सप्ताह– २०१५ : अन्तर मिडिया हाजिरीजवाफ सम्पन्न

हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको कायाकैरन दैनिकको समूहलाई पुरस्कार वितरण गरिँदै ।

हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको कायाकैरन दैनिकको समूहलाई पुरस्कार वितरण गरिँदै ।

सञ्चारपत्र सम्वाददाता

भरतपुर, २८ साउन
संयुक्त जेसीज सप्ताह–२०१५ को अवसरमा चितवन र नवलपरासीको गैंडाकोटका सातवटा जेसीजको आयोजना तथा नारायणगढ जेसीजको संयोजनमा बिहीबार भरतपुरमा जिल्लास्तरिय अन्तर मिडिया हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नारायणगढ जेसीज, नारायणगढ लेडी जेसीज, रत्ननगर जेसीज, सौराहा जेसीज, गैंडाकोट जेसीज, पर्सा खैरहनी जेसीज र गीतानगर जेसीजको संयुक्त आयोजनामा नारायणगढ जेसीजका पूर्व अध्यक्ष स्वर्गीय सुनिल श्रेष्ठको स्मृतिमा चितवन जिल्लास्तरिय अन्तर मिडिया हाजिरी जवाफ प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा कायाकैरन दैनिकको टोली पहिलो भएको छ । कायाकैरनका विनोदबाबु रिजालले नेतृत्व गरेको हेमराज रिमाल र अञ्जु महतो सहभागी टोलीले पहिलो स्थान हासिल गरेको हो । त्यस्तै मधुसूदन दवाडीले नेतृत्व गरेको चितवन पोष्ट दैनिकको टोली दोस्रो र भूपराज पाठकले नेतृत्व गरेको माडी एफएमको टोली तेस्रो भएको छ । प्रतियोगितामा १४ वटा सञ्चार संस्थाको सहभागिता थियो । अन्तर मिडिया हाजिरीजवाफ प्रतियोगितामा चितवनका सञ्चारकर्मीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
प्रतियोगितामा पहिलो हुने टोलीले पाँच हजार रुपैयाँ, दोस्रो हुनेले तीन हजार रुपैयाँ र तेस्रोले दुई हजार रुपैयाँ नगद पुरस्कारको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजयी प्रतियोगिलाई जेसीजका राष्ट्रिय कोषाध्यक्ष विष्णु लम्साल, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल तथा स्वर्गीय सुनिल श्रेष्ठकी आमा पार्वती श्रेष्ठ र श्रीमती रुमी श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा सहभागी सञ्चार संस्था तथा सहभागिलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो ।
हाजिरी जवाफ कार्यक्रमको उद्घाटन मन्तव्य व्यक्त गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले यसबाट पत्रकारहरुको क्षमता वृद्धि गर्न सहयोग पुग्ने बताए । Read the rest of this entry »

Older posts «

» Newer posts