अनेरास्ववियू चितवनको २७औंँ अधिवेशन आज

akhil jhandaनेतृत्वका लागि दुई खेमाको रस्साकस्सी
गोविन्द घिमिरे
भरतपुर, १९ साउन
नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियू चितवनको २७ औँ जिल्ला अधिवेशन चार वर्षपछि आज बुधबार हुँदैछ । यसअघि ०६८ जेठ २८ गते अखिल चितवनको अधिवेशन भएको थियो ।
भरतपुरस्थित नेकपा एमालेको पार्टी कार्यालयमा हुने सम्मेलनले आगामी दुई वर्षका लागि ३९ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।
अनेरास्ववियू केन्द्रीय कमिटीले चितवनको जिल्ला सम्मेलन सम्पन्न गराउन संगठनका केन्द्रीय सचिव राधिका खतिवडाको अध्यक्षतामा ६ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । अध्यक्ष मण्डलका सदस्यहरुमा अनेरास्ववियू नारायणी अञ्चल कमिटीका ईन्चार्ज निशा अधिकारी, सह–ईन्चार्ज फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्य सुदीप रेग्मी, ऋषिकेश रेग्मी र एमाले चितवनका विद्यार्थी इन्चार्ज रामप्रसाद न्यौपाने रहेका छन् ।
निर्वाचन कमिटीको संयोजकको जिम्मा निशा अधिकारीलाई दिइएको छ । लामो समयसम्म अधिवेशन हुन नसकि विवाद बढ्दै गएपछि जिल्ला सम्मेलन सम्पन्न गराउन पहिलोपटक अनेरास्ववियू केन्द्रीय कमिटीले हस्तक्षेप गरि पदाधिकारी पठाएको हो । Read the rest of this entry »

आमाहरुलाई ‘छोरी’को सहयोग

danceभरतपुर, १६ चैत

नेपाली समाज बेल्जियमको ‘छोरी परियोजनाले’ ले शनिबार कविलासको भार्लाङमा आमा समूहरुलाई सहयोग गरेको छ । परियोजनाका संयोजक कृष्णप्रसाद रेग्मीले मिलन बजार महिला समूह, चित्रकाली आमा समूह, नमूना प्रकोप आमा समूह र लालीगुराँस आमा समूहलाई उनीहरुको संस्थागत क्षमता अभिवृद्धिका लागि सदस्य संख्याको आधारमा सहयोग गरेको जानकारी दिए ।
नगरपालिका र गाविसमा रहेका आमा समूहका महिलाहरुबीच सो कार्यक्रममा एकापसमा अनुभव आदानप्रदान भएको थियो । मिलन बजारबाहेक अन्य आमा समूह सबै भार्लाङका हुन् । कार्यक्रममा चारवटै आमा समूहबीच मितेरी सम्बन्ध समेत स्थापना गराइएको संयोजक रेग्मीले बताए ।
कविलास, काउले, कोराक, चण्डीभञ्ज्याङ, दाहाखानी र सिद्धिका किशोरीहरुको शिक्षा र स्वास्थ्यका लागि समेत सहयोग गर्न ‘छोरी परियोजना’ स्थापना गरिएको हो । Read the rest of this entry »

Older posts «

» Newer posts