पत्रकार महासंघका लागि पुस्तक सहयोग

book help भरतपुर, १६ चैत
नेपाली समाज बेल्जियमको ‘छोरी परियोजना’बाट नेपाल पत्रकार महासंघ, चितवन शाखालाई विभिन्न विधाका समसामयिक पुस्तकहरु प्राप्त भएका छन् । परियोजनाका संयोजक कृष्णप्रसाद रेग्मीले शनिबार महासंघका अध्यक्ष हरिप्रसाद पोखरेललाई पुस्तकालयका लागि पुस्तकहरु हस्तान्तरण गरेका हुन् । पत्रकारिता, आख्यान, इतिहास, र दस्ताबेजमा आधारित करिब २५ हजार रुपैयाँको पुस्तकहरु सहयोग प्राप्त भएको महासंघले जनाएको छ ।
महासंघले गएको चैत १६ गते आफ्नोे ६० औँ स्थापना दिवसका अवसरमा शाखा कार्यालयमा पुस्तकालय स्थापना गरेको थियो । सुरुमा ‘एक सदस्य ः एक पुस्तक’ अभियान सहित पुस्तकहरु संकलन गर्दै पुस्तकालय स्थापना गर्ने क्रममा हाल नागरिक समाजबाट पनि महासंघमा पुस्तकहरु प्राप्त हुन थालेको छ ।
महासंघलाई पुस्तक सहयोग गर्ने ‘छोरी परियोजना’ का संयोजक रेग्मी बेल्जियम निवासी हुन् । आफ्नी छोरी प्रकृति रेग्मीको १८ औँ जन्मोत्सवमा अवसरमा रेग्मीले व्यक्तिगत खर्चमा १० लाख रुपैयाँको कोषबाट ‘छोरी’ परियोजना सुरु गरी विभिन्न सामाजिक काममा सहयोग गरिरहेका छन् । कोषलाई एक करोड रुपैयाँसम्म पु¥याइने र यसबाट चितवनका पहाडी गाविसका ‘छोरी’हरुको शिक्षा र स्वास्थ्यमा रकम खर्च गरिने पनि रेग्मीको योजना छ । महासंघलाई पुस्तक हस्तान्तरण गर्दै रेग्मीले संकलन गरिएको पुस्तक अध्ययन गरेर उपयोग ल्याउन सञ्चारकर्मीहरुलाई अनुरोध गरे । रेग्मी सामान्य किसान परिवारका व्यक्ति हुन् र अहिले उनी बेल्जियमसम्मको राजनीतिमा क्रियाशिल छन् । बेल्जियमको ठूलो राजनीतिक दल एनभिएको क्षेत्रीय स्तरको नेता समेत रहेका रेग्मीको दल अहिले बेल्जियमको सत्तामा समेत छ । Read the rest of this entry »

पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा चितवनका सभासद्

fnj pgm photoतिलकराम रिमाल
भरतपुर, ३ साउन
नेपाल पत्रकार महासंघले संविधानको प्रारम्भिक मस्यौदामा राखिएका विषयहरु सच्याउन दवाव दिईरहेका बेला जनतासँग राय सुझाव लिन चितवन आएका सभासद््हरुले भने प्रेस पूर्ण स्वतन्त्र हुनुपर्ने बताएका छन् ।
संविधान मस्यौदा समितिको कार्यदलका सदस्य समेत रहेका चितवन क्षेत्र नं. ३ का सभासद्् कृष्णभक्त पोखरेलले नेपाल पत्रकार महासंघ चितवनद्वारा आइतबार नारायणगढमा आयोजित अन्तरक्रिया कार्यक्रममा पूर्ण प्रेस स्वतन्त्रताका लागि आफू प्रतिबद्ध भएको बताए । मस्यौदा संविधानको प्रस्तावनामा उल्लेख भएको ‘प्रेस स्वतन्त्रता’ ले समग्र पत्रकारहरुको भावनामा चोट पुगेको भए आफूले संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ राख्न पहल गर्ने बताए । मस्यौदा तयार पार्दा स्वतन्त्र प्रेसलाई अंकुश लगाउने उद्देश्य नरहेको उनको दावी थियो ।
‘प्रेसलाई पूर्ण शब्द नराख्दैमा प्रेस स्वतन्त्रता हनन् त होला जस्तो लाग्दैन । यद्दपि पूर्ण प्रेस स्वतन्त्रताका लागि भने म सधैँ प्रतिबद्ध छु ।’– पोखरेलले भने ।
एमालेबाट विजयी सभासद्् पोखरेलले प्रेस पूर्ण स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा एमाले र आफू रहेको पनि उल्लेख गरे । यो संविधान सहमतिको दस्तावेज भएको बताउँदै पोखरेलले पत्रकारहरुको मागका पक्षमा आफू सकारात्मक रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले संविधानको प्रारम्भिक मस्यौदामाथिको टिप्पणी तथा हुनुपर्ने व्यवस्था सहितको सुझाव प्रस्तुत गरेका थिए । संविधानको प्रस्तावनामा नै ‘पूर्ण प्रेस स्वतन्त्रता’ उल्लेख हुनुपर्ने बताउँदै उनले आमसञ्चार माध्यममाथि कुनै प्रकारको हस्तक्षेप वा नियन्त्रण कार्य कानुन बमोजिम दण्डनीय हुनेछ भनि संविधानमै समेटिनुपर्ने बताए । Read the rest of this entry »

Older posts «

» Newer posts