चितवनलाई पूर्ण खोपयुक्त जिल्ला बनाउने अभियान

आनन्द पोखरेल
भरतपुर, ९ असार
जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले जिल्लालाई पूर्ण खोप युक्त जिल्ला बनाउनको लागि अभियान सुरु गरेको छ ।
चितवनलाई पूर्ण खोप युक्त जिल्ला घोषणा गर्नको लागि जिल्लामा रहेका १२ महिनादेखि २३ महिना मुनीका बालबालिकालाई दिइएको खोपको अनुगमन सुरु गरिएको हो । यसैक्रममा बुधबार जिल्ला जनस्वास्थ्य कार्यालय चितवनबाट भरतपुर उपमहानगरपालिका वडा नम्बर २६, २७, २८ र २९ (साबिकको पटिहानी गाविस)मा सुलभ सर्वेक्षण गरिएको छ । उक्त गाविसमा रहेका २३ महिना मुनीका सबै बालबालिकाले पूर्ण खोप पाएका भनेर पटिहानी स्वास्थ्य चौकीले भनेपछि सुलभ सर्वेक्षण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका खोप अधिकृत दिवाकर महर्जनले बताए ।

Read the rest of this entry »

विद्यार्थी अभिभावक परामर्श : एसएलसी पछिको बाटो

फोटोआगामि केही वर्ष पछि नै कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी भनिनेछ तापनि अहिले सम्म कक्षा १० को अन्तिम राट्रियस्तरको परिक्षा नै विद्यालय तहको अन्तिम ढोका मानिने गरिएको छ । शैक्षिक प्रक्रियामा संलग्न मानिसको चेतनाको समृद्धिको कारण विगतमा जसरी फलामे ढोका भनिन्थ्यो त्यो मान्यतामा पनि परिवर्तन आएको छ । सिकाइ र मूल्याङ्कन नियमित र निरन्तर प्रक्रिया हुने हुँदा कुनै एउटा ढोकालाई फलामे वा अरू यस्तै विशेषण दिनु असान्दर्भिक हुन्छ । यसले सो परीक्षालाई डरलाग्दो रूपमा चित्रित गर्दछ । फेरि पनि एसएलसीले चर्चा र महत्व पाउने केही कारणहरू छन् । पहिलो कारण हो – राष्ट्रिय स्तरमा नै शिक्षा मन्त्रालय परीक्षा नियन्त्रण कार्यालयबाट लिइने परीक्षा हो, तहगत संरचनाको अन्तिम खुट्किलो हो । दोस्रो – विषय छनौट, शैक्षिक संस्था छनौटमा निर्णय गर्नुपर्ने अर्को महत्वपूर्ण समय अब नजिक आइ पुगेको हुन्छ । तेस्रो कारण हो – बालबालिकामा किशोर अवस्थाको परिर्वतन संगै अमूर्त चिन्तनको विकास भैसकेको हुन्छ जसले गर्दा तिब्र परिवर्तनको संघारमा हुन्छन् ।
हरेक वर्ष एसएलसी परीक्षा पछि सञ्चार जगतमा एउटा बहस चल्ने गर्छ, अनि, फुर्सदका विद्यार्थीलाई आकर्षित गर्न विज्ञापन पनि हुने गर्दछ । बहसहरूमा म पनि आमन्त्रित हुने गरेको छु । सिनर्जी एफएमका रमाकान्त पौडेल लगाएतका सञ्चारकर्मीहरूको समूहले गत वर्ष एसएलसी दिएर बसेका विद्यार्थी अभिभावक र शिक्षा सेवीहरू बीचमा जनबहस आयोजना गरेको थियो त्यहाँ मैले आफ्ना सुझाव, परामर्शहरू राखेपछि विद्यार्थी र अभिभावकबाट बग्रेल्ती प्रश्नहरू आएका थिए । ती प्रश्नहरूबाट सजिलै बुझ्न सकिन्थ्यो कि विषय र स्कूल रोज्दा विद्यार्थीहरूको र अभिभावकको चाहना बाझिएको देखिन्थ्यो । चितवनका तीन वटा नर्सिङ्ग कलेज र दुईवटा सामुदायिक र निजी कलेजमा पनि विद्यार्थीहरूको रूचि र पढिरहेको विषयको बारेमा सर्वेक्षण गरेको थिएँ । नर्सिङ्ग कलेजहरूमा ३०% विद्यार्थीले अभिभावकको चाहना अनुसार नर्सिङ्ग पढेको पाइयो । अरू कलेजहरूमा अर्थात शिक्षा, व्यवस्थापन, मानविकि लगायतका विषयको अध्ययनमा ५०% जति विद्यार्थीको आफ्नो रूची, २०% जति साथिहरूको प्रभाव, १०% जति विज्ञापनको प्रभाव र २०% जति आँफूले पढेको संस्था, अभिभावक र विज्ञहरूको परामर्शको प्रभाव पर्दो रहेछ । आफ्नो रूची अनुसारको विषय र संस्था छान्न नपाएका विद्यार्थीहरूमा पढाइमा उत्प्रेरणा कमि हुन थालेको अर्थात विचलनको खतरा देखिंदो रहेछ । यहाँ सम्मको मेरो निष्कर्ष के हो भने एसएलसी पछिको विषय र शैक्षिक संस्था छनौटमा आँफूले पढेको विद्यालय, अभिभावक र विज्ञ परामर्श दाताहरूसँग छलफल गरी विद्यार्थी स्वयंले निर्णय गर्न सक्ने तथा सहि र गलत निर्णयको जवाफदेही स्वयं विद्यार्थीलाई नै बनाउने गरी परिपक्वताको अवसर प्रदान गर्नु पर्छ । Read the rest of this entry »

Older posts «

» Newer posts