सिकाइ जीवनको लागि कि परीक्षाकोे लागि ?

फोटोरमाकान्त सापकोटा 

बाबुआमाले आफ्ना बालबालिकालाई फकाएर, गाली गरेर, पिटेर तर्साएर, आशा देखाएर वा अरु कुनै तरिकाले आफ्नो इच्छा अनुसारको व्यवहार निर्माण गर्न चाहान्छन् । बालबालिकाहरू झगडा गरेर, रोएर, तोडफोड गरेर रिसाएर, लुकेर, भागेर खाना नखाएर र यस्तै अरु कुरा गरेर आफ्नो आवश्यकता, इच्छा पूरा गर्न चाहान्छन् । राजनीति गर्ने नेता, सामाजिक अगुवा, समुदायका जिम्मेवार मानिसहरू, सेवाग्राहीहरू सबैले आ–आफ्नो चाहना र आवश्यकता अनुसारको व्यवहार निर्माण गर्न खोजिरहेका हुन्छन् । यी सबै चाहानाभित्र व्यवहार परिवर्तनको अपेक्षा छ । अर्थात् आदत, ज्ञान, प्रवृत्तिको परिमार्जन खोजिएको छ । यसको अर्थ हो बाबुआमा छोराछोरीलाई सिकाउन चाहान्छन् भने छोराछोरी बाबुआमालाई, नेता कार्यकर्तालई, कार्यकर्ता नेतालाई, शिक्षक विद्यार्थीलाई र विद्यार्थी शिक्षकलाई सिकाउन चाहान्छन् । हरेकले हरेकलाई सिकाइ रहेको हुन्छ । सिकाइ प्रक्रियामा अनुभव र तालिमद्वारा व्यवहार परिवर्तन र परिमार्जन भइरहन्छ । सिक्दा वा सिकाउँदा सिक्ने सिकाउँने व्यक्तिको विचार मनोभावना वा व्यवहारमा केही न केही परिवर्तन आइरहेको हुन्छ ।
सिलसिलाबद्धरुपले सिक्न र सिकाउने विधिज्ञानको खोजी हुने क्रममा शिक्षा मनोविज्ञानको विकास भयो । शिक्षक अभिभावक, विद्यार्थी र वातावरण वीचको भावनात्मक सम्बन्ध स्थापना गरी व्यवहार परिमार्जन गर्ने कामलाई सिकाइ भनिन्छ भन्ने कुरामा सबै मनोवैज्ञानिकहरूको साझा धारणा रह्यो । तर व्यवहार, व्यवहारका स्रोत, बुद्धि, ज्ञान, संवेग आदि कुरामा मनोवैज्ञानिकहरूका केही फरक मान्यताहरू रहँदै आएका छन् । जसलाई मनोवैज्ञानिक मुद्धाहरूको रुपमा लिइन्छ । ग्रेगर मेन्डेल (१८६७)लगायत आनुवांशिक अध्ययन कर्ताका अनुसार मानव व्यवहार निर्माणको महत्वपूर्ण स्रोत वंशाणुक्रम हो । अर्थात् पुख्र्यौली गुण हो । यसैका कारण सन्तान थरीथरीका हुन्छन् । हुने विरुवाको चिल्लो पात भने जस्तै गर्भ र वाल्यकालमा नै निर्धारण भएको व्यवहारको श्रोतले मानिसका व्यवहार लाई डो¥याउँछ । Read the rest of this entry »

चैते धानमा रोग लाग्यो, उत्पादन घट्ने

dhanकरुणा देवकोटा
भण्डारा, ३० जेठ
पूर्वी चितवनको विभिन्न क्षेत्रमा लगाइएको चैते धानमा रोग लागेसँगै किसानहरु मारमा परेका छन् । रोग लागेपछि यस वर्षको चैते धान उत्पादनमा समेत गिरावट आउने भएको छ ।
पूर्वी चितवनको भण्डारा, कुमरोज, पिप्ले र कठार क्षेत्रमा लगाइएको धान काट्ने समयमा धानको बोटमा ‘नेक ब्लास्ट’ र ‘शीत ब्लाइट’ नामको रोग लागेपछि किसानहरु मर्कामा परेका हुन् । पूर्वी चितवनमा लगाइएको ८० प्रतिशत धानमा रोग देखापरेको जिल्ला आईपीएम कृषक संघ चितवनले जनाएको छ ।
धान झुल्ने बेलामा धानको बाला कुहिएर बाला सुक्दै गएपछि सो क्षेत्रमा लागाइएको अधिकांश धानका बोटहरुमा दाना लागेको छैन । २०७० सालमा पनि उक्त क्षेत्रको धानमा फौजी किरा लाग्दा चैते धानको उत्पादनमा ७० प्रतिशत गिरावट आएको थियो ।
भिœयाउने बेलाको धानमा रोग लागेका कारण ती क्षेत्रमा लगाइएको मध्ये ८० प्रतिशत धान खेर गएको छ । एउटा बोटमा यो रोग लागेपछि सजिलै अन्य बोटमा पनि सर्ने भएका कारण यस रोगले पूर्वी चितवनका किसानहरुलाई ठूलो घाटा पारेको हो । Read the rest of this entry »

Older posts «

» Newer posts