संविधान निर्माणमा दलहरूबीच सहमति, के के भए विगतमा

 (रमेश लम्साल)

 काठमाडौँ, २५ जेठ । प्रमुख राजनीतिक दलको लामो समयदेखिको रस्साकस्सी र विवादका बीच सोह्रबुँदे सहमतिमा हस्ताक्षर भएपछि संविधान लेखनका देखिएको अन्योल अन्त्य भएको छ ।

 प्रधानमन्त्री निवास बालुवाटारमा आज राति अबेर प्रमुख राजनीतिक दलले संविधानका प्रमुख विवादित विषयमध्ये राज्य पुनःसंरचना, शासकीय स्वरुप तथा निर्वाचन र न्याय प्रणालीमा सहमति जुटाएका हुन् । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’का कारण मुलुक सङ्कटमा परेपछि दलबीच पछिल्लो दिनमा वार्ता र संवादले तीव्रता पाएको थियो ।

 सहमतिमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले हस्ताक्षर गर्नुभएको छ ।

 पछिल्लो सहमति निर्माणका लागि दलहरूबीच सघन संवाद भए पनि सो सहमति निर्माणको पछाडि धेरै खालका अप्ठ्यारा पार गरिएको छ । विगतमा संविधान निर्माणका प्रमुख विवादित विषयमा सहमति जुटे पनि दलबीच कुरा मिल्न नसक्दा अन्ततः जेठ १४ गते मध्यरात अघिल्लो संविधानसभा विघटन भएको थियो ।

 माथापच्ची र चर्को विवादका बाबजुद २०६९ साल फागुन ३१ गते  दलहरूबीच सहमति भई पुनः संविधानसभाको निर्वाचनको वातावरण तयार पारियो । संविधानको बाधा अड्काउ फुकाउ आदेशअन्तर्गत एघारबुँदे राजनीतिक सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ जारी गरी प्रधानान्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन गरियो । सो सरकारले २०७० साल मङ्सिर ४ गते संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न ग¥यो । Read the rest of this entry »

क्षेत्रपुरको सडक चौडा बनाइदै

Dozarसञ्चारपत्र सम्वाददाता
नारायणगढ, २५ जेठ
भरतपुर उपमहानगरपालिका वडा नम्बर २ क्षेत्रपुरमा रहेको भित्री सडक विस्तार गर्ने काम सुरु भएको छ । क्षेत्रपुरको मिल्स एरियामा रहेको नमस्ते चोकदेखि रामेश्वर चोकसम्म नौ सय मिटर लम्बाइको सडक चौडा बनाउन सोमबारदेखि काम सुरु गरिएको हो ।
सडक चौडा बनाउनको लागि स्थानीयको सहकार्यमा उपमहागरपालिकाले सडक मापदण्ड विपरित रहेका घरका पर्खालहरु भत्काउन सुरु गरेको छ ।  सडकलाई दायाँ बायाँ १६ मिटर चौडा बनाउन लागिएको भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटाले बताए । गत २०७१ भदौदेखि नै सडक चौडा बनाउने भनेर सार्वजनिक सूचना निकाल्दा समेत उक्त सडकको मापदण्ड भित्र परेका केही घरधनीहरुले अटेरी गरेपछि उपमहानगरपालिकाले बल प्रयोग गरी संरचना भत्काउन सुरु गरेको सापकोटाले बताए ।
‘हामीले ७१ सालको भदौदेखि नै स्थानीय सञ्चार माध्यममा सूचना निकालेर सडक मापदण्ड भित्र परेका भौतिक संरचनालाई हटाउन अनुरोध गरेका थियौँ’ सापकोटाले भने, –‘धेरैले सहयोग गर्नुभयो, केहिले अटरी गरेपछि हामीले स्थानीय राजनीतिक दलका प्रतिनिधि, स्थानीय वासिन्दाको सहयोगमा सडक बिस्तार गर्ने अभियान सुरु गरेका हौँ ।’ उक्त सडक यसै आर्थिक वर्षको असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सापकोटाले बताए । बाटोको मापदण्ड पूरा नभएसम्म डिभिजन सडक कार्यालयले बाटो निर्माण नगर्ने भनेर चेतावनी पूर्ण पत्र पठाएपछि आफूहरुले मापदण्ड विपरितका संरचना भत्काउन सुरु गरेको सापकोटाले बताए । Read the rest of this entry »

Older posts «

» Newer posts