गर्मीका कारण माग बढ्दा विद्युत आपूर्तिमा समस्या

तिलकराम रिमाल
चितवन, २५ जेठ ः
भरतपुरको दीपेन्द्र चोकमा रहेको नेपाल मिट प्रोसेसिङ इण्डष्ट्रिजका प्रशासन प्रमुख कालिका पण्डित दुई वटा मिटरबक्स राख्दा पनि ठूला फ्रिजहरु नचलेपछि त्यसको विकल्प खोजी गर्न नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र पुगे । भरतपुर १२ का दिनेश पुरीको पनि समस्या त्यस्तै छ । उनले जोडेको एसी नचलेपछि प्राविधिकको सल्लाहमा स्टेवलाईजर राखेर चलाउनु प¥यो । उनीहरु जस्तै धेरै ग्राहक यस्तै समस्या लिएर अहिले वितरण केन्द्र आउने गरेको केन्द्रका प्रमुख तारानाथ शर्माले बताए ।
उद्योग र सर्वसाधारण ग्राहक धेरैको समस्या लोड नपुग्ने रहेको बताउँदै शर्माले दैनिक लोड नपुगेको गुनासो लिएर ग्राहक वितरण केन्द्र आउने गरेको बताए ।   जसका लागि भरतपुरको ६७ एमभिए क्षमताको सवस्टेशनलाई एक सय एमभिएको बनाउन र पश्चिम चितवनको गीतानगर एवं पूर्वी चितवनको भण्डारामा सवस्टेशन निर्माण र तारको क्षमता बृद्धिका लागि विभागमा पहल भईरहेको प्रमुख शर्माले बताए ।
बर्षेनी माग बढ्दै गएपछि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रलाई ग्राहकलाई आवश्यक क्षमता अनुसारको विद्युत आपूर्ति गर्न कठिनाई परेको छ । जाडो मौसममा चलिरहेको फिडर र तारले धान्ने गरेको भएपनि गर्मी मौसममा माग अत्याधिक बढेपछि तारको क्षमताभन्दा तीन गुण बढीसम्म विद्युत आपूर्ति गराउँदा तार पग्लिने र ट्रान्फरमर पड्कने समस्याका कारण प्राधिकरण र ग्राहक दुवैले समस्या व्यहोर्दै आएका छन् । Read the rest of this entry »

भूकम्पबाट ८७०९ को मृत्यु, ५५ प्रतिशत महिला

काठमाडौँ, २१ जेठ । देशका विभिन्न भागमा वैशाख १२ र २९ गते आएको बिनाशकारी भूकम्पमा परी बिहीबार साँझसम्म आठ हजार सात सय नौ जनाको ज्यान गुमेको छ भने २२ हजार चार सय ९३ जना घाइते भएका छन् ।
 भूकम्पबाट ज्यान गुमाउनेमा उपत्यकामा एक हजार सात सय २९, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा छ हजार चार सय ६१, पश्चिम क्षेत्रमा चार सय ५९ र मध्य पश्चिम क्षेत्रमा दुई जना रहेका नेपाल प्रहरीले जनाएको छ ।
त्यस्तै, घाइते हुनेमा उपत्यकामा १३ हजार १७, पूर्व क्षेत्रमा चार सय ५२, मध्य क्षेत्रमा सात हजार सात सय ४४, पश्चिम क्षेत्रमा  एक हजार दुई सय ४२, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूरपश्चिम क्षेत्रमा दुई जना छन् । घाइतेमध्ये चार हजार चार सय पाँच जना विभिन्न अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ ।
 उक्त विनाशकारी भूकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी छ, नेपाली सेना नौ, सशस्त्र प्रहरी एक, निजामती कर्मचारी ११ र विदेशी नागरिक ७९ जना तथा घाइते भएका नेपाल प्रहरी एक सय ८३, नेपाली सेना छ जना, सशस्त्र प्रहरी ३२ र विदेशी पर्यटक ५० जनाको सङ्ख्यासमेत उपरोक्त सङ्ख्यामै समावेश गरिएको छ ।
 हालसम्म नेपाली एक सय ८९ र विदेशी नागरिक ८० जना बेपत्ता छन् ।
भूकम्पबाट मृत्यु हुने ५५ प्रतिशत महिला
 राष्ट्रिय महिला आयोगले भूकम्पबाट चार हजार आठ सय महिलाको मृत्यु भएको जनाएको छ । आयोगले बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी भूकम्पका कारण मृत्यु हुनेमध्ये महिला ५५ प्रतिशत रहेको जनाएको हो । Read the rest of this entry »

Older posts «

» Newer posts