कक्षा १२ को परीक्षा सुरु, चितवनमा ७६०० परीक्षार्थी सहभागी

आनन्द पोखरेल
चितवन, २० जेठ
वैशाखमा आएको महाभूकम्पका कारण स्थगित भएको कक्षा १२ को परीक्षा बुधबारदेखि सुरु भएको छ । वैशाख २० गतेदेखि सुरु हुने भनेको कक्षा १२ को परीक्षा महाभूकम्का कारण एक महिना पछाडि सरेको हो ।
उच्च माध्यमिक शिक्षा परिषद्ले भूकम्पकका कारण बढी क्षति भएका धादिङ, गोरखा, सिन्धुपाल्चोक लगायत सात वटा जिल्लाबाहेकका ६८ जिल्लामा बुधबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन गरेको हो । चितवनबाट कक्षा १२ को परीक्षामा सात हजार छ सय जना विद्यार्थीले सहभागिता जनाएका उच्च

बुधबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा नारायणगढको बालकुमारी उच्च माध्यमिक विद्यालयमा परीक्षा दिँदै विद्यार्थीहरु । तस्विर : आनन्द पोखरेल

बुधबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा नारायणगढको बालकुमारी उच्च माध्यमिक विद्यालयमा परीक्षा दिँदै विद्यार्थी । तस्विर : आनन्द

माध्यमिक शिक्षा परिषद् अञ्चल कार्यालय हेटौंडाका प्रमुख जनार्दन बास्तोलाले बताए । चितवनमा २३ वटा परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा लिइएको बास्तोलाले जानकारी दिए ।
चितवन जिल्लाबाट यस वर्षका कक्षा १२ को परीक्षामा नियमित तर्फ तीन हजार आठ सय ९८ जना छात्र र तीन हजार दुई छात्रा गरी जम्मा सात हजार छ सय विद्यार्थी सहभागी हुंदैछन् । त्यसैगरी, जेठ २४ देखि सुरु हुने कक्षा १२को पूरक परीक्षामा चार हजार सात सय ६१ विद्यार्थी सहभागी हुने बताइएको छ । पूरक परीक्षामा दुई हजार एक सय ११ छात्र र दुई हजार ट सय ५० छात्रा गरी चार हजार सात सय ६१ परीक्षार्थी सहभागी हुँदैछन् । Read the rest of this entry »

विद्यार्थी सङ्गठनले १ महिनाको शुल्क मिनाहा गराइछाड्ने

school feeकाठमाडौं, जेष्ठ १९ – निजी विद्यालयले भूकम्पका कारण पढाइ नभएको अवधिको पनि शुल्क माग्ने विद्यालयविरुद्ध विद्यार्थी सङ्गठनले आन्दोलनको तयारी गरेका छन् ।

उनीहरुले विपत्तिको सामना गर्न परिरहेका बेला निजी विद्यालयले मौकाको फाइदा उठाउन खोजेको आरोप लगाएका छन् ।

निजी विद्यालयका सञ्चालक र सरकारी निकायका अधिकारीलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले आन्दोलनको तयारी गर्नुपरेको नेविसङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।

अनेरास्ववियु(छैटौँ)का अध्यक्ष अनिलकिशोर घिमिरेले पनि निजी विद्यालयले मनपरी शुल्क लिएकाले मिनाहाका लागि दबाब दिन सङ्गठनका बीचमा छलफल भइरहेको जानकारी दिए ।

विद्यालय भवनको भाडा तिर्नुपर्ने बहानामा पठनपाठन नै नभएको समयको समेत पुस्तकालय, अतिरिक्त क्रियाकलाप, खेलकुद, सवारी शुल्क आदि लिनु सरासर अव्यावहारिक भएको लामिछानेले बताए । उनले कुनै पनि हालतमा आफूहरुले एक महिनाको शुल्क मिनाहा गराइछाड्ने बताए ।

आफ्ना मागका बारेमा शिक्षा मन्त्रालय मौन बसेकोप्रति पनि विद्यार्थी सङ्गठनले असन्तुष्टि व्यक्त गरेका छन् । गत वैशाख ६ गते भएको सम्झौता कार्यान्वयनतर्फ तत्काल सरकार लाग्नुपर्ने उनीहरुको माग छ । आफूहरुको विपत्तिबाट फाइदा नभई मानवीयता प्रदर्शन गर्न विद्यार्थी सङ्गठनले निजी विद्यालयलाई आग्रह गरेका छन् ।

Older posts «

» Newer posts