सम्पादकीय : रहस्यमै दरवार हत्याकाण्ड

royal familyनेपाली जनता र इतिहासको निम्ती ‘कालरात्रि’ बनेको नारायणहिटी दरवार हत्याकाण्ड भएको पनि १४ वर्ष पूरा भएको छ । बिक्रम सम्बत २०५८ साल जेठ १९ गते मध्यरात दरवारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा बिरेन्द्र शाहको बंश नै नास हुनेगरि राजपरिवारका सबै सदस्यको एकै स्थानमा हत्या भएको थियो । राजपरिवारका सदस्यहरुको पारिवारिक भेला भएका बेला भएको उक्त हत्याकाण्डमा तत्कालिन राजा बिरेन्द्रका साथै रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतिसहित १० जनाको मृत्यु भएको थियो । राजपरिवार सखाप पार्ने गरी भएको ‘दरबार हत्याकाण्ड’ घटनापछि तत्कालिन सरकारद्वारा गठित छानविन समितिले तयार पारेको प्रतिवेदनले घटना तत्कालिन युवराज दिपेन्द्रबाटै भएको ठहर गरेपनि यसलाई आम नेपालीले अझै विश्वास गर्न सकेका छैनन् । जसका कारण घटना अझैसम्म पनि रहस्यपूर्ण बन्दै गएको छ ।
१४ वर्षको यो अवधिमा हत्याकाण्डलाई ‘कालो दिन’ भनेर जेठ १९ गतेलाई धिक्कार्नु भन्दा हत्याराहरुको पहिचान गर्न नसक्नु नै गणतान्त्रिक राज्यको कमजोरी हो । नेपाली नागरिकले कहिल्यै भुल्न नसक्ने यो त्रासदीपूर्ण राजदरवार घटनापछि मुलुकको राजनीति अहिले नयाँ मोडमा आईपुगेको छ । राजदरवार घटनापश्चात नेपालको राज्यव्यवस्था समेत परिवर्तन भएर देशमा गणतन्त्रको स्थापना भएको छ । गणतन्त्र स्थापना हुनुअघि महत्वाकांक्षी राजाका रुपमा ज्ञानेन्द्र शाहको शासनकाल नेपालमा प्रारम्भ भयो । उनको महत्वकांक्षा धेरै वर्ष टिक्न सकेन । जनआन्दोलन २०६२÷६३ को सफलतासंगै ज्ञानेन्द्रको शासन पतन भयो र नेपालबाट राजसंस्थाकै अन्त्य हुन पुग्यो ।   Read the rest of this entry »

हेलिकप्टर दुर्घटनामा चार जनाको मृत्यु

heli2सिन्धुपाल्चोक, १९ जेठ
माउन्टेन एयरको हेलिकप्टर सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त हुँदा चार जनाको ज्यान गएको छ । मंगलबार दिउँसो ३ बजेर ४५ मिनेट जाँदा माउन्टेन एयरको ‘अल्फा ३५० ९ एनजेपी’ हेलिकप्टर सिन्धुपाल्चोकको बलेफी–८, यमुनाडाँडामा दुर्घटनाग्रस्त भएको हो । 
भूकम्प पीडितको राहत र उपचारका लागि खटिएको हेलिकप्टर बिजुलीको हाइटेन्सन लाइनलाई छोएपछि बलेफी पारीको यमुनाडाँडामा गएर दुर्घटनाग्रस्त भएको हो । बिजुलीको तारलाई छोएको ठाउँमा नै हेलिकप्टर खसेको भए बलेफी बजारमा परेर अरु मानवीय क्षति हुने थियो । हेलिकप्टर दुर्घटनामा परी क्याप्टेन सुदेक श्रेष्ठसहित चार जनाको मृत्यु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका नायब महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले बताए ।
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने मध्ये पाइलट भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका सुबेक श्रेष्ठ र उपचारका लागि गएका डाक्टर सन्दिप गौतम, स्वास्थ्यकर्मी शेरबहादुर कार्की र नर्स हल्याण्डकी नागरिक जेसिका छन् । गौतम र श्रेष्ठको परिचय पत्र हेरेर प्रहरीले दुर्घटनास्थलमा नै सनाखत गरेको थियो । Read the rest of this entry »

Older posts «

» Newer posts