सीताराम माविलाई एक लाख सहयोग

11377299_1609510005933141_4757813817170781565_nसञ्चारपत्र सम्वाददाता
भरतपुर, १९ जेठ
भूकम्प र हावाहुरीका कारण क्षतिग्रस्त भएको देवघाटस्थित सीताराम संस्कृत माविको भवन पुनर्निर्माणका लागि बङ्गलामुखी ट्रष्टले एक लाख रुपैयाँ सहयोग गरेको छ । ट्रष्टका संरक्षक हेमकान्त सेढार्इंले सो रकम प्रदान गरेका हुन् ।
भूकम्पले भत्काएको भवन हावाहुरीका कारण पूर्णरुपमा क्षतिग्रस्त भएपछि अस्थायी टहरा बनाएर पठनपाठन सञ्चालन गर्न बङ्गलामुखी ट्रष्ट पिप्लेले विद्यालयलाई आर्थिक सहयोग गरेको हो । भूकम्प र हावाहुरीका कारण विद्यालयको पाँच वटा कोठा पूर्ण रुपमा क्षति भएपछि विद्यालयले विभिन्न दाताहरुको सहयोगमा पाँच कोठाको अस्थाई टहरा निर्माण गर्न लागेको  छ ।
टहराको छानो छाउन जस्ता पाता र अन्य सामाग्री खरिदका लागि ट्रष्टले विद्यालयलाई एक लाख रुपैयाँ उपलब्ध गराएको ट्रष्टका संरक्षक हेमकान्त सेढार्इंले बताए । सशस्त्र प्रहरीको सीमा सुरक्षा बल आँपटारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शम्भु उप्रेतीको रोहवरमा काम हुने गरी विद्यालयलाई सो रकम सहयोग गरेको सेढाईंले बताए ।
बेलायतमा बसोवास गर्दै आएका सेढाईंले नेपालमा भूकम्प पीडितहरुको सहयोगका लागि बेलायतमा रहेका नेपालीहरुले सङ्कलन गरेको १९ लाख रुपैयाँ भन्दा बढि रकम बराबरको राहत सामग्री लिएर भूकम्प पीडित क्षेत्रमा जाने तयारी भइरहेको समेत बताए । ट्रष्टले चितवन, धादिङ लगायतका जिल्लाका बढि प्रभावित क्षेत्रमा पुगेर नमूना घर निर्माण गर्ने तयारी गरेको उनले बताए । Read the rest of this entry »

भूकम्पले चितवनका ३९ सरकारी कार्यालयमा क्षति

मालपोत कार्यालय चितवनको भाथिल्लो तलामा भूकम्पले क्षति पु¥याएपछि त्यस ठाउँको सामान सुरक्षित ठाउँमा सार्दै सशस्त्र प्रहरी र कार्यालयका कर्मचारीहरु ।

मालपोत कार्यालय चितवनको भाथिल्लो तलामा भूकम्पले क्षति पु¥याएपछि त्यस ठाउँको सामान सुरक्षित ठाउँमा सार्दै सशस्त्र प्रहरी र कार्यालयका कर्मचारीहरु ।

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १९ जेठ
वैशाख १२ गते आएको महा भूकम्प र त्यसपछिका पराकम्पनले चितवनका विभिन्न ३९ वटा सरकारी कार्यालयको भवनमा क्षति पु¥याएको छ । सहरी विकास तथा भवन निर्माण विभाग, डिभीजन कार्यालय चितवनका डिभीजन प्रमुख सुनिल कुमार ठाकुरले चितवनका ११ वटा सरकारी कार्यालयका भवनमा आंशिक क्षति र २८ वटा कार्यालय भवनमा सामान्य क्षति पुगेको पुगेको बताएका छन् । चितवन जिल्ला कारागार, जिल्ला पशु सेवा कार्यालय, जिल्ला हुलाक कार्यालय, जिल्ला प्रशासन कार्यालय, मत्य विकास केन्द्र भण्डारा, कृषि विकास बैंक भरतपुर, मालपोत कार्यालय भरतपुर लगायतका सरकारी कार्यालयका भवनहरुमा आंशिक क्षति पुगेको ठाकुरले बताए ।
त्यसैगरी, सहरी विकास तथा भवन निर्माण विभाग, डिभीजन कार्यालय चितवन, जिल्ला शिक्षा कार्यालय, सिँचाई कार्यालय लगायतका २८ वटा सरकारी कार्यालयका भवनहरुमा सामान्य क्षति पुगेको ठाकुरले बताए । अनुगमनमा संलग्न रहेका सहरी विकास तथा भवन निर्माण विभाग डिभीजन कार्यालय चितवनका ईन्जिनीयर राजेन्द्र खतिवडाले आफूहरुको अनुगमनका क्रममा धेरै सरकारी कार्यालयका भवनहरुमा सामान्य क्षति पुगेको देखिएको बताएका छन् । धेरै क्षति भएका कार्यालयहरुमा सचेत रहन आग्रह गरिएको समेत खतिवडाले बताए । Read the rest of this entry »

Older posts «

» Newer posts