त्रासकाबीच अध्ययन गर्दै विद्यार्थी : भत्किएको भवनमै पढाई सुरु

student harrarseकरुणा देवकोटा
लोथर, १८ जेठ
वैशाखमा आएको महाभूकम्पको कारण बस्ने घर र अध्यनन गर्ने विद्यालयमा क्षति पुगेपछि लोथर गाविसका बालबालिकाहरु अझै पनि भूकम्पको कारणले भत्किएको भवनमा त्रासमा नै बसेर अध्ययन गर्न बाध्य भएका छन् ।
वैशाखको १२ गते आएको महाभूकम्प र त्यसपछि पटक पटक आएको पराकम्पनका कारण लोथर गाविसको वडा नम्बर १, चात्राङमा रहेको कालिका राप्राविको केही भवन भत्किएका छन् भने सबै भवन चर्किएका छन् । भूकम्पले आफ्नो घर र विद्यालय दुवै भत्काएपछि अहिले विद्यालयको कोठामा बसेर पढ्न समेत डर लाग्ने गरेको उक्त विद्यालयमा कक्षा ४ मा पढ्ने निशा लामाले बताएकी छिन् । यस भन्दा अगाडि यसरी घर भत्किएर घर बाहिर सुत्नुपरेको थाहा नपाएको बताउने निशालाई फेरि पनि भूकम्प आउँछ कि भन्ने डर मात्र लागिरहने बताउँछिन् ।
निशा मात्र नभई सोही विद्यालयमा कक्षा १ मा पढ्ने सन्तोष प्रजालाई समेत भूकम्पको कारणले डर लाग्ने गरेको छ । भूकम्पको कारणले आफ्नो घर समेत भत्किएपछि सन्तोष अहिले अस्थायी रुपमा निर्माण गरिएको टहरामा बस्दै आएका छन् । साथै विद्यालयमा समेत भत्किएका र चर्किएका कक्षाकोठा भित्र डरमा अध्ययन गर्न बाध्य भएका छन् विद्यार्थीहरु ।
गत वैशाख १२ गते आएको भूकम्पको कारणले विद्यालय भवनमा क्षति पु¥याएसँगै अहिले विद्यार्थीहरुलाई त्रासमुक्त वातावरणमा अध्ययन अध्यापन गराउन समस्या भएको विद्यालयका प्रधानाध्यापक वेचन चौधरीले जानकारी दिएका छन् । भूकम्पको कारणले विद्यालयका भित्ताहरु चर्किएर फुटेका छन् भने भवनका गाह्रोमा लगाएका ईंटाहरु समेत फुटेर कक्षा कोठामा ढल्ने खतरा छ । Read the rest of this entry »

गर्मीले छालाका बिरामी बढे

sweat-300x300प्रकाश सिग्देल
भरतपुर, १८ जेठ
बढ्दो गर्मीका कारण चितवनका अस्पतालहरुमा छालाका बिरामीहरुको चाप बढ्दै गएको चिकित्सकले बताएका छन् ।
चितवनलगायत तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेपछि अस्पतालहरुमा छालाका समस्या भएका बिरामीहरुको चाप बढेको चितवन मेडिकल कलेज भरतपुरका छाला रोग विशेषज्ञ डा. अच्युत पोख्रेलले बताए । चितवन मेडिकल कलेजमा मात्रै दैनिक ७० भन्दा बढि बिरामी हरु छालाको समस्या लिएर आउने गरेको डा.पोख्रेलको भनाई छ ।
पछिल्ला केही दिन यता चितवनमा गर्मी बढेर ३८ डिग्रि सेल्सियससम्म पुगेको छ । अत्यधिक गर्मी भएपछि मानिसमा छाला सम्बन्धी रोगको सङ्क्रमण बढेकोले जिल्लाका सबै अस्पतालमा छाला रोगका बिरामीको चाप बढेको डाक्टर पोख्रेलले बताए ।
गर्मीका कारण छालामा खोईरो लाग्ने (कपाल झर्ने रोग), दाद, दुबी, सेतो र रातो घमौरा, चिलाउने र पास्नी रोग, पसिनाको एलर्जी, डडुवा रोग, डण्डीफोर बढेर आउने लगायतका समस्या भएका बिरामीहरुको चाप रहेको पोख्रेलले जानकारी दिए । दिउँसो अत्यधिक गर्मी बढ्र्ने र साँझ अत्यधिक हावाहुरी लाग्ने र त्यसले गर्मीको समयमा लाग्ने रोगको संक्रमण बढाउन सक्ने भन्दै घाम र हावाहुरीबाट बच्न डा.पोख्रेलको सुझाव छ ।
गर्मीका कारण छालामा कुनै समस्या आएमा तुरुन्तै चिकित्सककोमा पुगेर रोगको पहिचान र उपचार गर्नुपर्ने डा. पोख्रेलको सल्लाह छ । चितवनमा अत्यधिक गर्मी बढेपछि बाहिर निस्कन र दैनिक कार्य गर्न पनि समस्या भएको सिमा सुरक्षा बल आपटारीका प्रमुख शम्भु उप्रेतीले बताए । Read the rest of this entry »

Older posts «

» Newer posts