रमाकान्त सापकोटा
१. मन र मनोविज्ञान
१.१ मन आन्तरिक इन्द्रिय हो, जो ज्ञानेन्द्रियबाट प्राप्त सूचनाका आधारमा प्रभावित हुन्छ । भावना, चाहना, स्वभाव, अनुभव, आवश्यकताको अनुभूति, विश्वास, संवेगात्मक अवस्थाको सयुँक्त रुप मन हो । मन कच्चा पदार्थजस्तो हुन्छ, जसलाई प्रशोधनको आवश्यकता हुन्छ । यसर्थ मन राम्रो पनि हुन्छ र नराम्रो पनि हुन सक्छ । त्यसैले त मनोवैज्ञानिक फ्रायडले मानव मनलाई चेतन (Conscious), पूर्व चेतन (Pre-Conscious) र अचेतन (Unconscious) गरी तीन भागमा बाँडिदिएका छन् । विना विश्लेषण आनन्द र खुसीको मात्रै चाहना राख्ने मन अचेतन मन हो । यो इद (Id) प्रकृतिको र जन्मजात हुन्छ । आफ्ना हठात् चाहनाको छिटो सन्तुष्टि प्राप्त गर्नु यसको विशेषता हो । यो विशेषता तमोगुणी मानिन्छ । पूर्व चेतन मनले चाहना र वास्तविक अवस्थाको बीचको चिन्तनलाई प्रेरित गर्छ । यथार्थ, सन्तुलित र स्वीकारयोग्य चाहनाहरुमा अडिने मन पूर्वचेतन मन हो । यो अहम् (Ego) मा आधारित र रजोगुणी हुन्छ । चेतन मन (Conscious) ज्ञान, सूचना, मूल्य, मान्यता, नैतिकता र आदर्शको सेरोफेरोमा सीमित हुन्छ । पूर्ण सचेत अवस्था हो यो, जसलाई उच्च अहम् (Superego) को अवस्था पनि भनिन्छ । यसलाई सतोगुणी अवस्था पनि भनिन्छ । मन र मस्तिष्कका स्रोतहरु ज्ञानेन्द्रिय नै भएकोले फ्रायडले अचेतन, पूर्वचेतन र चेतन मनलाई अचेतन,पूर्वचेतन र चेतन मस्तिष्क पनि भनेका छन् । मनोविज्ञानका भाषामा मन, मष्तिस्क र चेतना यी क्रमश ः परिमार्जन हुदैँ प्रयोग भएका शब्दावली हुन् र त्यहाँबाट उत्पादित व्यवहार मात्रै अध्ययन गर्न सकिन्छ ।
मनोसामाजिक परामर्श र शिक्षामा यसको उपयोगिता
सन्दर्भ : विश्व धूमपान रहित दिवस , आजैदेखि धूमपान त्यागौं, उदाहरणीय बनौ
सालको पातमा सुर्ती बेरेर घरको डिलमा बसी बिडी खाने गरेको देखिन्थ्यो । घरका मुलीहरु नै त्यसो गर्थे । ग्रामिण भेगमा बिडी खानेको संख्या अझै छ । घर नै कुहिरोले छेकेजस्तो धुँवाले ढाक्ने । ससाना छोरा नातीहरुको मनमा खेल्थ्यो, म पनि बा ले जस्तै बिडी तान्न पाए ठूलो मान्छे हुन्थेँ होला । केटाकेटीहरु बारीमा सनको डाँठलाई सल्काएर धुवाँ उडाउँथे । आपसमा कुरा चल्थ्यो, म पनि ठूलो मान्छे भएँ ।
यसरी ठूलो मान्छे बन्ने ध्याउन्नमा धेरै अवोध बालबालिकामा धूमपानको लत बसेको छ । चुरोट बिडी पिउने मानिसलाई समाजमा ठूलो मान्छे हैन, घृणाको नजरले हेरिन्छ । सामाजिक अपमानका साथै ठूलो शारीरिक कष्ट धूमपान सेवन कर्ताले भोग्नु पर्दछ । क्यान्सर जस्तो रोगको प्रमुख कारण धूमपान बनेको छ । सुर्तिजन्य पदार्थको सेवनले शरिरमा प्रत्यक्ष असर पर्दछ । हरेक बर्ष झै मे ३१ शनिवार विश्व धूमपान रहित दिवस मनाईदैछ ।
यस वर्षको नारा ‘सुर्तिजन्य पदार्थको कर बढा मृत्यु तथा रोग घटाउँ’ तय गरिएको छ । सुर्तिजन्य पदार्थको सेवनले हुने हानि नोक्सानीलाई जनमानसमा पु¥याई जनचेतना बढाउन बिभिन्न प्रचारात्मक कार्यक्रमहरु गरी नेपालमा पनि यो दिवस मनाउने गरिएको छ । सरकारी र गैरसरकारी संघसंस्थाहरुको आयोजनामा विविध कार्यक्रम हुने गरेका छन् ।
सन् २०११ को नेपालको जनसांख्यिक सर्वेक्षण अनुसार ५२ प्रतिशत पुरुष र १३ दशमलब ३ प्रतिशत महिलाहरुले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको पाईन्छ । सुर्तिजन्य पदार्थ भन्नाले धूमपान वा सुर्ति सेवनका लागि बनाइएको चुरोट, बिंडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ति, खैनी, गुट्खा वा यस्तै प्रकारका सुर्तिजन्य पदार्थलाई बुझिन्छ । सुर्तिजन्य पदार्थको सेवनवाट क्यान्सर, मुटुरोग, दिर्घ श्वासप्रश्वास रोग मुख्य रुपमा लाग्ने गरेको छ । यी रोगलाई नसर्ने रोगका रुपमा लिईन्छ ।
९० प्रतिशत फोक्सोको क्यान्सर सुर्तिजन्य पदार्थको सेवनवाट हुने गरेको अध्ययनले प्रमाणित समेत गरिसकेको छ । नेपालमा धूमपानको सेवनवाट बार्षिक १५००० जनाको ज्यान जाने गरेको छ । जसमध्ये नसर्ने रोगहरुवाट मात्रै ५१ प्रतिशतले ज्यान गुमाउँछन् । सुर्तिजन्य पदार्थको सेवनवाट विश्वमा बर्षेनि करिव ६० लाख मानिसहरुको मृत्यु हुने गरेको छ ।