सम्पादकीय : क्यान्सर निम्त्याउने धूमपान

आज विश्व धूमपान रहित दिवस विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाईँदैछ । नेपालमा वर्षेनि सूर्तीजन्य पदार्थको सेवनले १६ हजार जनाको मृत्यु हुने गरेको तथ्याँक छ । सूर्तीजन्य पदार्थको प्रयोगबाट विश्वभर हरेक वर्ष ६० लाख जनाको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । जसमा अप्रत्यक्ष धूमपानका कारण ज्यान गुमाउने ६ लाख जना छन् । सूर्तीजन्य पदार्थको प्रयोग रोक्न प्रयास नगरे सन् २०३० सम्म विश्वभर ज्यान जानेको संख्या ८० लाख भन्दा बढी पुग्ने अनुमान संगठनको छ । वर्षभरि धूमपान र सूर्तीजन्य पदार्थ सेवन गर्न आम मानिसलाई छुट दिने, तर एक दिन भएपनि यसको जनचेतनाको लागि भन्दै दिवस मनाउने कार्य धेरै पहिलेदेखि चल्दै आएको छ । तर यसले सार्थक उपलब्धि भने हासिल गर्न सकेको छैन ।
विश्व स्वास्थ्य संगठनले सूर्तीजन्य पदार्थको विज्ञापनले ठूलो संख्यामा मानिसहरुलाई धूमपान सुरु गर्न र निरन्तरता दिने क्रम घटाउने दावी गरेको छ । यसका साथै सूर्तीजन्य पदार्थको प्रयोगबाट हुने कुल मृत्युको ८० प्रतिशत न्यून र मध्यम आय भएका मुलुकमा रहेको छ । यसैले नेपाल यस्तो मृत्युको जोखिममा समेत रहेको हो । सूर्तिजन्य पदार्थको प्रयोगले मुटु रोग, दिर्घ स्वासप्रश्वास सम्बन्धी रोग, क्यान्सर, मधुमेह, जस्ता रोगलाग्ने गर्दछ । धूमपान तथा सूर्तीजन्य पदार्थहरुमा निकोटिन, टार, कार्बन मोनोअक्साइड, बेन्जोपाइरीन जस्ता विषालु रासायनिक तत्वहरु पाईने चिकित्सकको भनाई छ । Read the rest of this entry »

वर्षेनि छ हजार नयाँ क्यान्सर रोगी

cancerसञ्चारपत्र सम्वाददाता
भरतपुर, १६ जेठ
विश्वमा जति पनि मान्छेको मृत्यु हुने गरेको छ ती मध्ये ६० प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट भएको छ भने सूर्तिजन्य पदार्थको सेवनबाट मात्र वर्षेनि ६० लाख मानिसले अकालमा ज्यान गुमाउनु परेको छ । जसमा छ लाख मानिसहरु आफूले सूर्तिजन्य पदार्थ सेवन नगरेपनि परिवारका सदस्य वा अन्य व्यक्तिले गरेको धुमपानको असरका कारण ज्यान गुमाउन बाध्य भएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार अबको १५ वर्षमा विश्वमा धुमपानका कारण वर्षेनि ८० लाख मानिसले ज्यान गुमाउने छन् । धुमपानका कारण ज्यान गुमाउनेहरुमा अधिकांश नेपाल जस्तो विकासशिल देशका जनता रहेका पनि डब्लुएचओले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । डब्लुएचओले सन् २०११ मा गरेको अध्ययनको प्रतिवेदन अनुसार नेपालमा हाल वर्षेनि छ हजार मानिसलाई क्यान्सर रोग लाग्ने गरेको छ । अहिले नेपालमा हरेक एक लाख जनसंख्यामा एक सय ३० जनालाई क्यान्सर लागेको हुन सक्ने प्रतिवेदनमा जनाइएको छ ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका उप निर्देशक डाक्टर देजकुमार गौतम हाल नेपालमा करिब तीन लाखको हाराहारीमा क्यान्सर रोगी रहेको बताउँछन् । क्यान्सर रोगीको बारेमा एकिन तथ्याङ्क निकाल्ने काम नभएको कारण यो सङ्ख्या बढी पनि हुन सक्ने गौतमले बताए । ‘वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा वर्षेनि छ हजार जनाको क्यान्सर रोगको डाइग्नोसिस (रोग पत्ता लगाउने कार्य) हुन्छ’ गौतमले भने– ‘अस्पतालमा वर्षेनि क्यान्सर रोगको उपचारको लागि २५ हजार बिरामी आउने गरेका छन् ।’ Read the rest of this entry »

Older posts «

» Newer posts