विप्लव माओवादीद्वारा १० बिघा जग्गा कब्जा

 

‘विप्लव’ माओवादीले भरतपुर १२ कैलाशनगरमा जग्गा कव्जा गरी भूकम्प पीडितलाई बाँड्न बनाउँदै गरेका टहरा

‘विप्लव’ माओवादीले भरतपुर १२ कैलाशनगरमा जग्गा कव्जा गरी भूकम्प पीडितलाई बाँड्न बनाउँदै गरेका टहरा

‘भूकम्प पीडित’लाई टहरा बनाउँदै बाँड्दै

तिलकराम रिमाल

तीर्थ नेपाल
भरतपुर, १४ जेठ
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भरतपुर उपमहानगरपालिका–१३ कैलाशनगरमा १० बिघा निजी जग्गा कब्जा गरी ‘भूकम्प पीडित’लाई टहरा बनाएर बाँडेको छ ।
माओवादीले अजय बिक्रम शाह र बिजय बिक्रम शाहको नाममा रहेको ९ बिघा १७ कठ्ठा जग्गामा टहरा बनाएर भूकम्प पीडितलाई बाँडेको हो । उक्त जग्गा २०६९ साल देखि नै आफुहरुको नियन्त्रणमा रहेकोले भूकम्प अति प्रभावित जिल्लाका पीडितलाई बसोबासका लागि वितरण गरिएको विप्लव नेतृत्वको नेकपा माओवादी चितवनका सेक्रेटरी विश्वनाथ थारु ‘महेश’ले बताए । Read the rest of this entry »

सम्पादकीय : गणतन्त्रको संस्थागत विकास

penनेपालमा गएको वैशाख १२ गते गएको भूकम्पका कारण औपचारिक रुपमा मनाउनुपर्ने आजको आठौँैँ गणतन्त्र दिवस पनि ओझेलमा परेको छ । यद्दपि गणतन्त्रप्राप्तिपछिको अवधिमा देशले अपेक्षा गरे अनुरुप प्रगति हासिल गर्न नसक्दा गणतन्त्रको संस्थागत विकास पनि हुन सकेको छैन । नेपालमा गएको वैशाख ०६४ चैतमा सम्पन्न संविधानसभा सदस्य निर्वाचनबाट गठित संविधानसभाको ०६५ जेठ १५ गते बसेको पहिलो बैठकले दुई सय चालिस वर्षको इतिहास बोकेको राजतन्त्रको अन्त्य गर्दै नेपालमा गणतन्त्र घोषणा गरेको थियो । नेपालमा गणतन्त्रको घोषणापछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले श्रीपेच खोलेर राजदरवार छोडेका थिए । विश्वको इतिहासमा राजतन्त्रले बिना रक्तपात सत्ता छोडेर हिँडेको बिरलै पाइन्छ । यो पनि त्यस्तै एउटा घटना थियो ।
जनताको शान्तिपूर्ण आवाजको अगाडि शासकहरु कसरी झुक्न बाध्य हुनुपर्ने रहेछ भन्ने एउटा उदाहरण पनि थियो तत्कालीन राजा ज्ञानेन्द्रले मध्यरातमा दरवार छोड्नुपरेको घटना । हुन त ज्ञानेन्द्र शाहले ०६२÷०६३ सालको जनआन्दोलन दवाएर आफ्नो निरङ्कुश शासनसत्ताा टिकाउने कोशिस नगरेका पनि होइनन् । त्यसका लागि दमनको बाटो अपनाउँदा नेपालबाट राजतन्त्रले बिदाईको बाटो रोज्नुप¥यो । जनताको परिवर्तनप्रतिको चाहना र बलिदानीपूर्ण संघर्षको बलमा नै नेपालमा गणतन्त्र स्थापना हुन सकेको हो । बीर सहीदहरुको उचित सम्मानबिना गणतन्त्र दिवस मनाउनुको कुनै सार्थकता रहँदैन । Read the rest of this entry »

Older posts «

» Newer posts