अनुशासनको महत्व बुझ्ने मान्छेहरुको समूह

Birendramani Poudel–वीरेन्द्रमणि पौडेल

कसैकसैले भगवानबाट शुरु हुन्छ पनि भन्लान् तर हामी भन्छौं सबैभन्दा पहिले कुरा शुरु हुन्छ प्रकृतिबाट । प्रकृतिको आफ्नै नियम हुन्छ र यो नियम संसारका कुनै पनि प्राणीले काट्न वा उल्लंघन गर्न सक्दैन । प्रकृतिलाई यदाकदा जित्ने मान्छेले प्रयास गर्छ र हार्छ । प्राकृतिक नियम संसारका सबै प्राणीमा लागू हुन्छ तर अनुशासन मानव समुदायलाई सुव्यवस्थित तरिकाले अघि बढाउन आचारसंहिताको रुपमा निर्माण गरिएको हुन्छ । अनुशासनको महत्व त्यति छ जति जीवन जिउनुसँग छ । आज त्यही महत्वपूर्ण अनुशासनबारे चितवन जिल्लाबाट प्रकाशनमा रहेको सञ्चारपत्र दैनिक मार्फत नागरिक समाजको माझमा छलफलका लागि प्रस्तुत गरिँदै छ ताकि अन्य क्षेत्रमा संलग्नहरुलाई अनुशासित बन्न प्रेरणा मिलोस् ।
नेपाल प्रहरी संगठनबाट अवकाशप्राप्त एक प्रहरी उपरीक्षकले केही दिनअघि चितवनको भरतपुरमा दुईजना स्कुले नानीहरुले स्कुल जाने क्रममा केराको बोक्रा सडकमा फालेको देखे । नानीहरुले सडकमा बोक्रा फ्याँकेको दृष्य हेरिसकेपछि तिनले केही भलाद्मीहरुसँग यसो भने “कुन स्कूलका विद्यार्थीहरु हुन् भन्न सक्दिन तर त्यो स्कूलमा अनुशासन सिकाएको रहेनछ भन्ने चाहीँ बुझियो ।” कम्तिमा ती नानीहरुलाई केराको बोक्रामा चिप्लिएर मानिस लड्न सक्छ भन्ने कुरा थाहा नहुनुलाई प्रमाण मान्न सकिन्छ कि त्यो जुनसुकै स्कूल किन नहोस् त्यस स्कूलका शिक्षकहरु स्वयम् सोचेजति अनुशासित रहेनछन् । यदि तिनीहरु अनुशासित थिएभने तिनले विद्यार्थीलाई पनि अनुशासन सिकाउँथे र तिनले केराको बोक्रा सडकको वीचमा फ्याँक्ने थिएनन् । हो, साँच्चै हो । हिजो आज नेपालका स्कूल कलेजमा कतै पनि अनुशासनको महत्व र नैतिकताबारे पढाउने गरिएको छैन । पहिले पहिले धेरै पहिले पढाइएको अनुशासन र नैतिकताको केही असर बाँकी रहेकोले नेपाली नागरिक समाज पूरै ध्वस्त भएको छैन यदि त्यसो पनि नहुँदो हो त आज यो मुलुक मान्छे बस्न पूरै नालायक ठहरिने थियो । आजपनि मान्छेहरु पान खाएर सडकमा र सडकको भित्तामा निर्धक्कले थुक्छन् । सडक फोहर बनाउँछन् । बाटोमा खकारेर थुक्छन् । जहाँ मनलाग्छ त्यहीँ सिँगान फ्याँक्छन् । थुक्नेले थुक्छ, सिँगान फ्याँक्नेले फ्याँक्छ तर कसैले नथुक, सिँगान जथाभावी नफ्याँक भन्दैन । किन भन्दैनभने अपवादलाई छाडेर सबका सबले त्यसै गर्छन् । त्यसकारण तिनले कसैलाई सल्लाह दिने हैसियत राख्दैनन् । Read the rest of this entry »

गणतन्त्रका सात वर्ष : राष्ट्रिय विपत् र हाम्रो कर्तव्य

फोटोरमाकान्त सापकोटा
कुनै पनि शब्दलाई समकालिन समाजले जसरी अथ्र्यायो त्यसरी नै  बुझ्ने गरिन्छ । गणतन्त्र, लोकतन्त्र, लोकतान्त्रिक गणतन्त्र, जनवाद, प्रजातन्त्र जस्ता सबै शब्दलाई अंग्रेजीमा “डेमोव्रmेसी” (Democracy) भनिन्छ । साम्यवादी शासन भएका मुलुकहरुमा जनगणतन्त्र (People’s Reublic) भन्ने  चलन छ । वंश परम्परा अनुसारको उत्तराधिकारी वा गोत्रको मुखिया हुनुको नाताले  शासन गर्ने राजतन्त्र (Monarcy) र कुलीनतन्त्र होस या जारहरुले चलाएका जस्ता कट््टर धार्मिक शासन अमर्यादित ढंगले  निरङ्कुस हुँदा इतिहासले संसार भरि नै क्रान्तिको माग गरेको छ र लोकतन्त्र÷गणतन्त्रको उदय भएको छ । कौटिल्य (इ.पू. ३००–२००), अरस्तु (इ.पू. ३८४–३२२), प्लेटो (इ.पू.  ४२७–३४७), सुकरात (इ.पू ४७०–३९९)  लगायतका प्राचिन  दार्शनिकहरुले  राज्य सत्ताको सवाल र सामाजिक सुव्यवस्थाको लागि दिएको विचारहरु हेर्दा २४÷२५ सय वर्ष अगाडि देखि नै जन अनुमोदित विवेक र बुद्धिको  शासन खोजिन्थ्यो भन्ने पाइन्छ ।  सुकरातको भनाइ  अहिले पनि त्यतिकै सान्दर्भिक  छ कि “मूर्खहरुको हातमा शासन रहेको   सत्ताले जनतालाई  समेत मूर्ख बनाउँछ, सज्जनलाई सम्मान र दुष्टलाई निरुत्साहित गर्न सक्नु पर्दछ” । रुसो  (सन् १७२२– १७८८)  का अनुसार  सत्ता कुलिन  तन्त्र नै   भएपनि निर्वाचित कुलिन तन्त्र हुनु पर्दछ । ब्रिटिश राजा जोन द्धारा हस्ताक्षरित म्याग्नाकार्टा (१२१५) अनुसार बुझ्न सकिन्छ  कि त्यति बेला देखि नै अधिकार र न्यायको  लागि लडाई  हुन्थ्यो जसले राजाहरुलाई ठिक ठाउँमा राख्दथ्यो । औद्योगिक क्रान्तिको युग १८ औँ÷१९ औँ शताब्दीमा पूँजीको विकास सँगै हुर्केको श्रम शोषण   र विभेदले  सामन्तबादको  रुप ग्रहण ग¥यो । समकालिन  समाजको आर्थिक सामाजिक विश्लेषण सहित श्रमजीवीहरुको मुक्तिको सिद्धान्त÷समाजवादी दर्शनको रुपमा माक्र्स र एंगेल्सद्वारा कम्युनिष्ट घोषणापत्र (१९४८) जारी भयो । धेरै ठूला परिवर्तनहरु पनि भए, तर सबै खालका राज्य व्यवस्था सँग प्रतिस्पर्धा गर्न सक्षम हुनुपर्ने माक्र्सवाद÷समाजबादको प्रयोगमा भएका गल्तिहरुले गर्दा सकुंचनमा प¥यो । २५ भन्दा बढि देशमा  स्थापना भएको समाजवाद पनि टिक्न सकेन अहिले केहि मुलुकहरुमा मात्र सीमित हुन पुग्यो । समाजबाद  तथा साम्यवादमा प्रतिष्पर्धात्मक जनवादको माग बढ्यो ।  मानव चेतनाको यहि विकास क्रमसँगै संसारमा कुनै पनि नामका अतिबादीहरुको सत्ताको विकल्पमा जनताले रोजेको  मानिसले शासन चलाउने पद्दति लोकतन्त्रको उदय भयो । Read the rest of this entry »

Older posts «

» Newer posts