पन्ध्र करोडको खानेपानी योजनाको औपचारिक सुरुवात

11062904_653645898073530_6000186528148011491_nरामबाबु सुवेदी
भरतपुर ११ जेठ
आर्सेनिक मिसिएको पानी पिउन बाध्य भरतपुरको पूर्वीक्षेत्रका उपभोक्ताले अब भने शुद्ध पानी पिउन पाउने भएका छन् । भरतपुर ११, १२ र ९ नम्बर वडाका दुई हजार ५ सय घरघुरी उपभोक्तालाई लक्षित गरी भरतपुर–१२स्थित सहयोगी टोलमा निर्माण गर्न लागिएको खानेपानी योजनाका कारण ती उपभोक्ताले शुद्ध खानेपानी पाउने भएका हुन् ।
आफूले प्रयोग गर्दै आएको पानीमा आर्सेनिकको मात्रा छ भन्ने पाँच वर्षअगाडि नै थाहा पाएका स्थानीयले २०६७ सालमा नै धनगडा खानेपानी उपभोक्ता समिति नामक समिति गठन गरी पहल जारी राखेका हुन् । ‘हाल आएर त्यसको पहिलो चरणको कार्य थालनी भएको छ’, भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक इन्जिनियर शालिकराम पौडेलले भने, ‘उपभोक्ता जागरुक भए भने योजना सफल हुन्छ भन्ने उदाहरण हो यो ।’
ओभरहेड ट्याङ्कीसहित उपभोक्ताको घरघरसम्म पानी पुग्नेसम्मको लागत झण्डै रु.१५ करोड पुग्ने अनुमान गरेको कार्यकारी निर्देशक इन्जिनियर पौडेलको दावी छ । ‘हामी दाताको खोजीमा छौं, बोटलर्स नेपाल तराईले सहयोगको आश्वासन दिएको छ’, उनले भने । बोटलर्ससँग २५ लाख रुपैयाँको अपेक्षा भएको पौडेलको भनाइ छ । बोटलर्सले फिल्ड सर्भे गरी पठाइसकेको जनाएको छ । Read the rest of this entry »

फूलबारी एमालेको अधिवेशन सम्पन्न

11140344_851411331591067_4565339905098605502_n  चितवन, जेठ ९ ।
 नेकपा एमाले भरतपुर उपमहानगरपालिका वडा नम्वर १९ फूलबारीको शनिवार सम्पन्न आठौ अधिवेशनले तुलसीप्रसाद अधिकारीको संयोजकत्वमा वडा समिति गठन गरेको छ । अधिवेशनमा मन्तव्य राख्दै एमाले चितवनका उपाध्यक्ष एवम् सभासद् कृष्णभक्त पोखरेलले भुकम्प पिडीतको राहत र पुनरस्थापनामा पार्टीले निर्देश गरे  अनुसार परिचालित हुन स्थानिय नेता कार्यकर्ताहरुलाई आग्रह गरे । साविक फूलबारी गाउं विकास समितिमा उपमहानगर गठन पछि एमालेले आठौँ वडा अधिवेशन गरेको हो । कार्यक्रममा एमाले चितवनका सचिव तेजेन्द्र खड्काले पार्टीको संगठन सुदृढिकरणका लागि लागिपर्न सबैलाई निर्देशन दिए  ।
 कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष पोखरेल, सचिव खड्का, प्रचार बिभाग प्रमुख अरुणपीडित भण्डारी, जिल्ला सदस्यहरु पदमपाणि सुवेदी, खोमकान्त रेग्मी, शंकर थपलिया, चन्द्रप्रसाद अधिकारी, तारा अधिकारी, लगायतले मन्तव्य व्यक्त गरेका थिए । अधिवेशन खिलनाथ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Older posts «

» Newer posts