भूकम्प प्रभावित पत्रकारलाई त्रिपाल

11146577_750318011755947_6159433777773042690_o नारायणगढ, ९ जेठ भूकम्पबाट प्रभावित चितवनका पत्रकारलाई नेपाल पत्रकार महासंघ, चितवनले टेण्टसहितको त्रिपाल उपलव्ध गराउने भएको छ । उद्योग वाणिज्य–संघ चितवनबाट शनिबार प्राप्त ११ थान त्रिपाल पूर्ण रुपमा घर क्षती भएका चितवनका पत्रकारलाई वितरण गरिने महासंघले जनाएको छ ।

नेपाल पत्रकार महासंघको संयोजनमा शनिबार नारायणगढमा उद्योग वाणिज्य संघ, चितवनले त्रिपाल हस्तान्तरण कार्यक्रम राखेको थियो । यसअघि इण्डो नेपाल चेम्बर अफ कमर्श रक्सौलबाट उवासंघलाई ४५ थान त्रिपाल प्राप्त भएको थियो । भूकम्पका कारण चितवनका सञ्चारकर्मीलाई परेको मानवीय र भौतिक क्षतिको विवरण उपलब्ध गराउन महासंघले सबैलाई अनुरोध गरेको र विवरण आउने क्रम जारी रहेको अध्यक्ष हरिप्रसाद पोखरेलले कार्यक्रममा जानकारी गराए ।

‘चितवनका ११ जना पत्रकारको घर पूर्ण रुपमा क्षति पुगेको र अन्य १४ जनाको घरमा आंशिक क्षति पुगेको विवरण महासंघमा उपलव्ध भएको छ ।’– उनले भने । उनले मानवीय र भौतिक क्षति भोगेका सञ्चारकर्मीलाई यथासक्य चाँडो विवरण उपलव्ध गराउन समेत आग्रह गरे । Read the rest of this entry »

महाविपत्तिको सामना गर्न राष्ट्रिय सरकार आवश्यक ः विद्या भण्डारी

Photo madanरामबाबु सुवेदी
गाजीपुर (चितवन), ५ जेठ
नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रिय सहमतिको सरकारले मात्र मुलुकलाई निकास दिने बताएकी छन् । संविधान निर्माणलगायत महाभूकम्पबाट आइलागेको महाविपत्तिको सामना गर्न पनि राष्ट्रिय सरकारको आवश्यकता रहेको उनले औंल्याएकी छन् ।
२२औं मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा मङ्गलबार चित्रवन नगरपालिका वडा नम्वर ११, गाजीपुरमा नेकपा (एमाले) चितवनले आयोजना गरेको शालिक अनावरण तथा मदन स्मृति भवनको शिलान्यास कार्यक्रममा नेत्री भण्डारीले सो कुरा औंल्याएकी हुन् ।
‘एमाले राष्ट्रिय सहमतिको सरकारको पक्षमा सकारात्मक छ । संविधान निर्माण र महाविपत्तिबाट मुलुकलाई समृद्धिको दिशातर्फ लान पनि राष्ट्रिय सहमतिको सरकार आवश्यक छ’, उपाध्यक्ष भण्डारी भनिन् । नयाँ नेपाल निर्माणको कार्ययोजना पूरा गर्न सहमतिको राष्ट्रिय सरकारले सहजता प्रदान गर्ने उनको भनाइ थियो । सोको सन्दर्भमा छलफल चलिरहेको नेत्री भण्डारीले बताइन् ।
मुलुकमा आइपरेको महाविपत्तिबाट पीडामा परेका जनतालाई अहिले राहत र पुनःस्थापना आवश्यक रहेको भन्दै उपाध्यक्ष भण्डारीले त्यसकै लागि एमालेले कार्यकर्ता परिचालन गर्न लागेको बताइन् । Read the rest of this entry »

Older posts «

» Newer posts