सामान्य चर्केको घरमा बस्न मिल्छ ः विज्ञ

11169724_881969545192698_3679196865252968641_o

यसरी भत्केको घरमा बस्न नहुने विज्ञहरुले बताएका छन् ।

तिलकराम रिमाल
भरतपुर, ३ जेठ
मानवीय क्षति कम भएपनि भूकम्प र पटकपटकको पराकम्पनका कारण ठूलो सङ्ख्यामा यहाँका घरहरु चर्किएपछि सर्वसाधारणमा त्रास छाएको छ । सम्बद्ध विज्ञहरुले आत्तिनु नपर्ने जनाएपनि पटकपटकको पराकम्पनको कारण घरधनीहरु पालमा बसेका छन् भने डेरावालहरु सुरक्षित ठाउँको खोजीमा भौंतारिएका छन् ।
सामान्य चर्काई समस्या नभएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय भरतपुरका इञ्जिनियरहरुले बताएका छन् । यहाँका सरकारी कार्यालय, शिक्षण संस्था, सामाजिक संघ संस्था र सर्वसाधारणका धेरै घरहरुमा सामान्य चर्केको अवस्था देख्न सकिन्छ । उच्च गर्मीका कारण आफैमा पनि चितवनका भवनहरु चर्किएको पाईन्छ । भूकम्पछि पहिले र पछि चर्किएका सबै संरचनाहरु त्रासमा परिणत भएका छन् ।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय भरतपुरका प्रमुख इञ्जिनियर सुनिलकुमार ठाकुर सामान्य चर्किदा डराउनु नपर्ने बताउँछन् । उनले गारोवाला घरहरुमा भुइँदेखि छत वा छानासम्म ५ मिलिमिटर वा त्योभन्दा बढी चर्किए त्यस्तो घर मर्मत गरेर मात्र बस्न मिल्ने बताए । झ्याल वा ढोकाको कुनाबाट ५ मिलिमिटर वा सोभन्दा बढी चिरा परेमा, छत र गारोको बीचमा ५ मिलिमिटरभन्दा बढीको चिरा भएमा, झ्याल वा ढोकाको बीचको गारोमा दुवैतिरबाट छड्के चिरा परेमा, घर ढल्किएमा, घरको एक तिहाई वा सोभन्दा बढी भागमा ठाडा, छड्के वा तेस्रा चिराहरु परेमा मात्र खतरा रहने ठाकुरले बताए । Read the rest of this entry »

कैदीबन्दीलाई रिहा गर्न माग

9सञ्चारपत्र सम्वाददाता
नारायणगढ, ३ जेठ
कैदीबन्दीका आफन्तहरुले कारागारमा रहेका आफ्ना आफन्तलाई कैदमुक्त गर्नुपर्ने बताएका छन् । देशमा महाविपत्ति आइपरेको बेलामा कैदीबन्दीहरुलाई कैदमा राख्न नहुने भन्दै उनीहरुको सजाय माफी दिएर रिहा गरिनुपर्ने बताएका हुन् ।
कैदीबन्दी अभिभावक संघ चितवनले आइतबार नारायणगढमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय विपत्तिबाट देश रोइरहेको बेला सबै कैदीबन्दीहरुलाई जेलमुक्त गरी राष्ट्र निर्माणमा जुट्न दिन आग्रह गरेका थिए । उक्त कार्यक्रममा कैदीबन्दीको अभिभावकका तर्फबाट आफ्नो भनाइ राख्दै प्रतिभा त्रिपाठीले राणा कालिन समयमा आएको भूकम्पमा पनि कैदीबन्दीहरुले आम माफी पाएको उल्लेख गर्दै वर्तमान सरकारले पनि सबै कैदीबन्दीलाई आम माफी दिनुपर्ने बताइन् ।
‘विपद्को समयमा कैदीबन्दीहरु परीवारसँग बस्न पाउनु उनीहरुको अधिकार हो’ त्रिपाठीले भनिन्, –‘कैदीबन्दीहरुको जेल जीवन मुक्त गर्दै उनीहरुलाई राष्ट्रको पुनर्निमाणमा लगाउनु पर्दछ ।’ विक्रम सम्वत १९९० सालमा कैदीबन्दीहरुलाई छोडिएको नजिर हेर्दै त्यसै अनुरुप अहिलेका कैदीबन्दीहरुलाई पनि छोडिनुपर्नेमा त्रिपाठीले जोड दिइन् । कारागार सुधार गृह भएको कारण उनीहरुलाई यो महाविपत्तिको समयमा जेल जीवनबाट छुटकारा गराउनुपर्नेमा त्रिपाठीले जोड दिइन् । Read the rest of this entry »

Older posts «

» Newer posts