चितवनमा सम्वाद मञ्चको गठन

DFC group photoभरतपुर, ८ वैशाख
जिल्लामा विद्यमान विभिन्न द्वन्द्वलाई वार्ताका माध्यमबाट समाधान गर्दै समृद्ध चितवन निर्माण गर्ने उद्देश्यले सम्वाद मञ्च, चितवनको गठन गरिएको छ । संयुक्त राष्ट्रसंघ, द्वन्द्व व्यवस्थापन कार्यक्रम अन्तर्गत मध्यमाञ्चल क्षेत्रीय कार्यालयको सक्रियता र चितवनका प्रमुख राजनीतिक दल, नागरिक समाज एवम् जिल्लास्थित महिला सञ्जालका प्रतिनिधिहरुको समन्वयमा सम्वाद मञ्च गठन गरिएको क्षेत्रीय संयोजक भाष्कर काफ्लेले जानकारी दिए ।
पूर्व प्राध्यापक डा.ईश्वरीप्रसाद लौडारीको संयोजकत्वमा २३ सदस्यीय सम्वाद मञ्चको गठन गरिएको हो । चितवनका राजनीतिक दल, प्रशासनिक निकाय, सामाजिक कार्यकर्ता, सञ्चारकर्मी, कानुन व्यवसायी, मानवअधिकारकर्मी, महिला अगुवा, शिक्षासेवीसहित सामाजिक अध्येताहरुको मञ्चमा सहभागिता रहेको छ ।
DFC meeting 2मञ्चको सचिवलाय व्यवस्थापनका लागि हाल नेपाल पत्रकार महासंघ, चितवनलाई जिम्मा दिईएको छ । सचिवालयमा संयोजक लौडारीसहित शिक्षाविद् रमाकान्त सापकोटा, शान्ति समितिका संयोजक तेजेन्द्रबहादुर खड्का, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल, चितवन जिल्ला अदालत वार एशोसियसनका अध्यक्ष चुडामणि सापकोटा रहेका छन् । यसैगरी मञ्चका अन्य सदस्यहरुमा भवानी पौडेल, यमप्रसाद शर्मा, बालकृष्ण पौडेल, विनोदखण्ड तिमल्सेना, मीना विक, प्रेम गैरे, शिव न्यौपाने, मीना वाग्ले, विष्णु पौडेल, सावित्री रेग्मी, गंगा कोइराला, सूर्य बराल, नरबहादुर राइ दनुवार, मंगर महतो, युक्तविलास मरहट्टा, सिर्जना रुवाली, माधव पौडेल र रामचन्द्र लम्साल रहेका छन् ।
समाजमा शान्ति सुव्यवस्था र अमनचैन कायम गर्ने अभियानसहित सम्वाद मञ्चको गतिविधि अगाडि बढाइने संयोजक लौडारीले जानकारी दिए । चितवनका सम्भावित विवादको सन्दर्भ परिस्थितिको अध्ययन विश्लेषण गर्ने, सम्भाविद विवाद रोकथाम गर्ने, शान्ति सहकार्यको लागि सहजीकरण सीप विकास गर्ने, विवादरहित सुसंस्कृत समाज निर्माणका लागि सहकार्य गर्नेलगायतका उद्देश्य सम्वाद मञ्च चितवनको रहेको छ ।

कृषि विश्वविद्यालयको पढाई ‘ठेक्का’मा

rampurतिलकराम रिमाल
रामपुर, ७ वैशाख
कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायमा आवश्यक प्राध्यापक दरबन्दी नहुँदा कोर्ष करार (ठेक्का) मा दिएर पढाई सञ्चालन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भएसँगै त्रिभुवन विश्वविद्यालयबाट प्राध्यापक कर्मचारी समायोजनको क्रममा सबै नयाँ विश्वविद्यालयमा नआएपछि तत्काल दरबन्दी सिर्जना गरेर पदपूर्ति हुन नसक्दा समस्या उत्पन्न भएको हो ।
दरबन्दी अभाव भएपछि पढाई संचालन गर्न देश विदेशबाट एडजंग तथा अतिथि प्राध्यापक नियुक्त गर्ने र कोर्ष करारमा दिने काम भईरहेको विश्वविद्यालयका रजिष्टार डा.सूर्यकान्त घिमिरेले बताए ।
रजिष्टार घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट प्राध्यापक कर्मचारी समायोजनका क्रममा तीन सय ५३ जना मात्र नयाँ विश्वविद्यालयमा समायोजन भएर आएपछि दरबन्दी अभाव भएको उनको भनाई छ । त्रिभुवन विश्वविद्यालयको पाँच सय ९६ र नयाँ विश्वविद्यालयको ८४ गरी ६ सय ८० जनाको दरबन्दी हुनुपर्नेमा दरबन्दी पूरा नहुँदा विश्वविद्यालयका तीन वटै संकायमा समस्या भएको उनले बताए । रिक्त रहेको एक सय १८ जना प्राध्यापक कर्मचारीको दरबन्दी फुकुवाको लागि प्रक्रिया अगाडि बढेको पनि घिमिरेले जानकारी दिए । Read the rest of this entry »

Older posts «

» Newer posts