पत्रकारहरुद्वारा व्यवसायिक पत्रकारितामा जोड

New Image fnjभरतपुर, ७ चैत । 

समृद्ध नेपाल निर्माणका लागि चितवन र कास्कीका पत्रकारहरु पत्रकारितामार्फत साझा मुद्दा बनाएर जान तयार भएका छन् । पत्रकारिताको संस्थागत विकासमा चितवन र कास्कीको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै उनीहरुले व्यावसायिक पत्रकारिताबाट मुलुकलाई समृद्ध बनाउन सकिने बताए ।
नेपाल पत्रकार महासंघ चितवनले शनिबार कास्कीका पत्रकारहरुलाई भरतपुरमा गरेको स्वागत तथा सम्मान कार्यक्रममा अबको पत्रकारिताले समृद्ध नेपालको मिसन लिनुपर्नेमा पत्रकारहरुको जोड रहेको थियो ।
चितवन भ्रमणमा रहेको नेपाल पत्रकार महासंघ, कास्कीको टोलीको नेतृत्व गरेका शाखा अध्यक्ष रामकृष्ण ज्ञवालीले कार्यक्रममा भने–‘चितवन र कास्कीमा भएका हरेक सम्भावना र ंसमस्यालार्ई हामीबीचको एकताले बाहिर ल्याउन थप मद्दत पु¥याउनेछ ।’ पत्रकारितामा दक्षता हासिल गर्नेहरुमात्रै अब यो पेशामा टिक्न सक्ने अवस्था भएकाले दुई जिल्लाको पत्रकारिता पनि यसैमा केन्द्रीत हुनुपर्ने ज्ञवालीको भनाई थियो ।
विगत एक वर्षभित्रको समीक्षासहित सौराहामा शाखा वैठक पनि सम्पन्न गरिएको जानकारी दिँदै ज्ञवालीले कास्की शाखाले अबको वर्ष पत्रकारहरुको क्षमता वृद्धिका लागि विभिन्न कार्यक्रमहरु गर्ने जानकारी दिए । Read the rest of this entry »

रेडियो सम्पदाका श्रमजीविको समस्या समाधान

IMG_20150319_223204गीतानगर, ५ चैत
गीतानगरमा रहेको रेडियो सम्पदाका श्रमजीवि पत्रकार र कर्मचारीको समस्या नेपाल पत्रकार महासंघ, चितवनको समन्वयमा बिहीबार समाधान भएको छ । श्रमजीवि पत्रकारको हकहित र अधिकार खोस्ने गरी अन्याय भएको भनि आवश्यक छानविन गर्न रेडियोका कर्मचारीहरुद्वारा महासंघमा संयुक्त उजुरी आएपछि अध्यक्ष हरिप्रसाद पोखरेलको नेतृत्वमा गएको महासंघको टोलीले रेडियो सम्पदामा पुगेर समस्या समाधान गरेको हो ।
महासंघको टोलीमा अध्यक्ष पोखरेलसहित उपाध्यक्ष दिपेन्द्र बडुवाल, सह–सचिव सविता श्रेष्ठ, पूर्व अध्यक्ष एवम् सल्लाहकार कृष्ण गिरी, क्रियाशिल महिला पत्रकार मंच, चितवनकी अध्यक्ष शान्ता अधिकारी, पत्रकारहरु एकल सिलवाल, दिपेन्द्र अधिकारी, र राजु सापकोटाको सहभागिता रहेको थियो ।
रेडियोको व्यवस्थापन पक्षबीच भएको असन्तुष्टि कारण बुधबारबाट काम छाड्नुपरेको गुनासोसहितको निवेदन कर्मचारीबाट आएपछि महासंघले तत्काल समाधानको बाटो तय गर्न रेडियोको व्यवस्थापन पक्षसँग वार्ता गरेको हो । यसैगरी समाचार शाखामा कार्यरत महिला पत्रकारलाई रेडियोकै कर्मचारी शिवनरेश गुप्ताले अपमानजनक व्यवहार गरी इज्जतमाथि प्रश्नचिन्ह उठाएको आरोप पनि कर्मचारीहरुले लगाएका थिए । Read the rest of this entry »

Older posts «

» Newer posts