नेकपा माओवादीद्वारा दुई सय ३० विघाहा जग्गा कब्जा

IMG_20150314_173344भरतपुर, ३० फागुन
नेत्रबिक्रम चन्द ‘बिप्लब’ नेतृत्वको नेकपा माओवादीले विभिन्न व्यक्ति र निकायको नाममा रहेको २ सय ३० विघाहा जग्गा कब्जा गरेको छ । ‘जनयुद्धद्वारा स्थापित जनसत्ता’ ले मान्यता दिएका गरिब किसान, सुकुम्बासी, कमैयाहरु विस्थापित भई घरबार विहिन भएकाले जग्गा कब्जा गरिएको माओवादीले जनाएको छ । ‘बिप्लब’ नेतृत्वको नेकपा माओवादी हालै वैद्य नेतृत्वको नेकपा–माओवादीसँग अन्तरविरोध भई विभाजन भएको पार्टी हो ।
‘जनताहरु विस्थापित हुने, भूमाफियाहरु सल्बलाउने’ अवस्थामा यस्ता खाले हर्कत सहँदै पार्टी मुकदर्शक भएर टुलुटुलु हेरेर नबस्ने पनि माओवादीको भनाई छ ।
तत्कालीन जनसत्ताको नेतृत्वमा नियन्त्रित र जनसत्ताको कानुनी कारबाही अन्तर्गत रहेका सबै जग्गा पुन नियन्त्रणमा लिएको माओवादीले जनाएको छ । पार्टीका जिल्ला सेक्रेटरी महेश थारुले विज्ञप्ती जारी गर्दै जग्गा कब्जा लिएको जानकारी गराएका हुन् । विज्ञप्तिमा उल्लेख गरेअनुसार सबै भन्दा धेरै मर्कण्टाइल कम्पनी कुमरोजको जग्गा कब्जा भएको छ । उक्त कम्पनीको ८६ विघाहा जग्गा कब्जा गरिएको माओवादीले जनाएको छ ।
त्यस्तै धोवाहा बस्ती माडीको ७५ विघाहा, कुरिनटारका पदमप्रसाद सिलवालको २२ विघाहा र गुञ्जानगर ६ का दिलिपकुमार शाहीको १४ विघाहा जग्गा माओवादीको कब्जामा परेको छ । भण्डाराका बलराम धरेलको १ विघाहा १ कठ्ठा, सिचाइँ गेटमा पशुरामको नाममा रहेको ३ विघाहा, होटल डालीमा कुरिनटारको ६ विघाहा जग्गा पनि कब्जा गरिएको सेक्रेटरी थारुद्वारा जारी विज्ञप्तिमा जनाईएको छ । विज्ञप्तीमा जनाइए अनुसार माडेचौर मंगलपुरमा १४ र शारदानगरका श्याम चौधरीको ९ विघामा जग्गा पनि कब्जा भएको छ । Read the rest of this entry »

प्रेसमैत्री आमसञ्चार नीति आवश्यक ः चलाउने

nabraj photoगैँडाकोट, ३० फागुन
स्वतन्त्र पत्रकारिताको प्रवद्र्धन र मिडिया उद्योगको व्यावसायिक विकासलाई केन्द्रविन्दु बनाएर नयाँ आमसञ्चार नीति तयार पार्नुपर्ने नेपाल पत्रकार महासंघका सचिव प्रभात चलाउनले बताएका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयबाट तयार गरिएको आमसञ्चार नीति २०७१ को मस्यौदाका सम्बन्धमा टिप्पणी गर्दै सचिव चलाउनेले लोकतन्त्र एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विश्वव्यापि मान्यता र विगतको अभ्यासमा कुनै पनि संझौता नहुने नीति तयार गर्नुपर्ने बताए ।
क्रान्तिकारी पत्रकार संगठन, चितवनको दोस्रो जिल्ला सम्मेलनलाई शनिबार गैँडाकोटमा उद्घाटन गर्दै उनले मिडियाको संख्या, स्वरूप र विस्तार, सूचना तथा सञ्चार प्रविधिमा आएको परिवर्तन एवं नेपाली समाजमा स्थापित हुँदै आएका नयाँ मान्यता अनुरूप बहुलता, विविधता र समावेशितालाई समेट्ने गरी नयाँ आमसञ्चार नीति बनाउन महासंघबाट सरकारलाई सुझाव दिएको जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि रहेका चलाउने क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय संयोजक समेत हुन् ।
नेपालमा श्रमजीवि पत्रकारहरुको समस्यामा सुधार आउने नसकेको बताउँदै सचिव चलाउनेले पत्रकारहरुको पेशागत सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सञ्चालकहरुले मिडिया सञ्चालन गर्नुपर्ने बताए । पछिल्लो समय पत्रकारमाथि भएका आक्रमण र पेशागत सुरक्षाको सवाल चुनौतीपूर्ण रहेको र महासंघ यसका लागि गम्भीर भएको पनि चलाउनेको भनाई थियो । Read the rest of this entry »

Older posts «

» Newer posts