सञ्चारमाध्यमको सवलीकरणबारे छलफल

ubasangनारायणगढ, ३० फागुन ।
चितवनका सञ्चारमाध्यमहरुको सवलीकरणमा देखिएका समस्यालाई समाधान गर्ने विषयमा सरोकारवालाबीच शुक्रबार छलफल भएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा भएको ‘स्थानीय सञ्चारमाध्यमको सवलीकरणमा देखिएका चुनौती र समाधान’ विषयक गोष्ठीमा उनीहरुले स्थानीय सञ्चारमाध्यमहरुको संख्यात्मक विकासको तुलनामा गुणस्तरीयता खस्किएको उल्लेख गरे ।
सञ्चार क्षेत्रको लागत, सञ्चालनको अवस्था, दिगोपन, लगायतका विषयमा सञ्चालनपूर्व नै लगानीकर्ताहरु चिन्तित र गम्भीर नहुँदा स्थानीय मिडियामा समस्या आएको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव प्रभात चलाउनेले कार्यक्रममा बताए ।
गोष्ठीमा पत्रपत्रिकातर्फबाट जनक अर्याल, रेडियोतर्फ गोविन्द देवकोटा र टेलिभिजनतर्फ भुपेन्द्र बस्नेतले स्थानीय मिडियाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । चितवनमा हाल ४३ वटा सञ्चारमाध्यम नियमित प्रकाशन र प्रसारणको अवस्थामा रहेको नेपाल पत्रकार महासंघ चितवनको तथ्याँक छ । चितवनको मिडियामा १४ करोड रुपैयाँको लगानी हुँदा पनि स्थानीय मिडियाको व्यवस्थापनमा समस्या आउनु दुःखद् रहेको कार्यक्रमको निष्कर्ष थियो । Read the rest of this entry »

पत्रकार महासंघलाई आर्थिक सहयोग

11064229_930115983687356_1744507804_o
भरतपुर, २८ फागुन
गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारका सल्लाहकार आरके शर्माले नेपाल पत्रकार महासंघ, चितवनमा पुस्तकालय स्थापनाका लागि साढे तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् मिडिया टास्क फोर्स सदस्य रवि रोषीको पहल र पत्रकार महासंघ कतार शाखाको समन्वयमा शर्माले सो रकम बिहीबार एक कार्यक्रमका बीच चितवन शाखालाई हस्तान्तरण गरे ।
नेपाल पत्रकार महासंघ, चितवनको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सल्लाहकार शर्माले महासंघका अध्यक्ष हरिप्रसाद पोखरेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । पत्रकार महासंघलाई शर्माको यो व्यक्तिगत सहयोग हो ।
कतारमा व्यवसाय गरिरहेका शर्माले आफ्नो आम्दानीको केही रकमबाट नेपालमा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन् । विगत ८ बर्षदेखि कतारमा निर्माण व्यवसाय सञ्चालन गरिरहेका शर्माले अमेरिकामा अर्गानिक खेती पनि गरेका छन् । नेपालमा बेष्ट रेमिटका मुख्य लगानीकर्ता शर्माको बैङ्किङ क्षेत्रमा पनि लगानी रहेको छ । उनको घर चितवनको मंगलपुरमा छ । Read the rest of this entry »

Older posts «

» Newer posts