चितवन महोत्सव आजदेखि

Chitwan Mahotshav Main Picसञ्चारपत्र सम्वाददाता
नारायणगढ, २४ पुस
दशौँ चितवन महोत्सव आजदेखि नारायणगढको नारायणी नदी किनारमा सुरु हुँदैछ । महोत्सवका लागि आवश्यक सम्पूर्ण तयारीहरु पूरा भएका छन् । महोत्सव गरिने स्थल नारायणी नदी किनारको प्रदर्शनी मैदानमा स्टल निर्माणको काम सकिएको छ । अधिकांश प्रदर्शकहरुले स्टलमा प्रदर्शन गर्ने सामानहरु बिहीबार साँझसम्म परिसरमा ल्याइसकेका छन् । महोत्सव आजदेखि माघ ४ गतेसम्म हुनेछ ।
वि.सं. २०५३ सालदेखि आयोजना गरिँदै आएको चितवन महोत्सवको उद्घाटन आज शुक्रबार विशेष समारोहकाबीच प्रधानमन्त्री सुशील कोइरालाले गर्नेछन् । महोत्सवका लागि सम्पूर्ण आन्तरिक तथा बाह्य सुरक्षाको काम पनि सकिएको आयोजकले जनाएको छ ।
उद्योग वाणिज्य संघ–चितवन, जिल्ला विकास समिति चितवन, भरतपुर उपमहानगरपालिकाको कार्यालय, रत्ननगर नगरपालिकाको कार्यालय र रत्ननगर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । Read the rest of this entry »

महोत्सव कृषि क्षेत्रमै केन्द्रित छ : कल्याण जोशी

kalyanसंयोजक, चितवन महोत्सव २०७१ मूल आयोजक समिति एवम्
अध्यक्ष, उद्योग वाणिज्य संघ–चितवन

चितवन महोत्सव २०७१ ले यसअघिका महोत्सव भन्दा नयाँ के दिँदैछ ?
विगतमा जस्तै चितवन महोत्सवले कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ । ‘एक गाउँ एक उत्पादन कार्यक्रम’ अन्तरगत केरा तथा माछा सम्वन्धी डमी महोत्सवमा विशेष प्रदर्शनका रुपमा राखिएका छन् । महोत्सवको अन्य नयाँ आकर्षणका रुपमा हेल्दी बेबी प्रतियोगिता, पर्यटन टुर प्याकेज र महोत्सवको डिजिटल सर्वेक्षण रहेका छन् । स्पेन र आयरल्याण्डका तीनजना विशेषज्ञ पाईलटहरुबाट महोत्सवमाथिको आकाशमा आज (शुक्रबार) र भोलि (शनिबार) ‘पाराव्याटिक्स शो’ पनि हुँदै छ । महोत्सव अवधिभर हेलिकप्टरद्वारा चितवनका रमणीय स्थलहरु अवलोकन गर्न सकिनेछ । यसका लागि विश्वका च्याम्पियन प्यारामोटर पाईलटहरु स्पेनबाट दुइजना र आयरल्याण्डबाट एकजना आउँदैछन् । यसका साथै नारायणी नदी किनारमा स्थानीय प्रविधिद्वारा पानीको फोहोरा राखिएको छ । Read the rest of this entry »

Older posts «

» Newer posts