प्रधानमन्त्रीको प्रेस संयोजकमा अधिकारी नियुक्त

काठमाडाँै, १६ मङ्सिर । प्रधानमन्त्रीको प्रेस संयोजकमा पत्रकार चेतन अधिकारी नियुक्त हुनुभएको छ ।

विसं २०५२ देखि पत्रकारितामा आबद्ध झापा जिल्ला दमक नगरपालिका १० निवासी अधिकारीलाई विशिष्ट श्रेणी (सचिव) सरहको सुविधासहित आज नियुक्त गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

आमसञ्चार तथा पत्रकारिता र जनसङ्ख्या विषयमा स्नातकोत्तर गर्नुभएका उहाँ कान्तिपुर दैनिकको झापा समाचारदाता हुनुहुन्थ्यो । उहाँले स्पेसटाइम, गोरखापत्र दैनिकमा पनि काम गर्नुभएको थियो ।

यसअघि प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा प्रमोद दाहाल नियुक्त भइसक्नुभएको छ । रासस

राष्ट्रपति भण्डारीद्वारा विद्युतीय हस्ताक्षर शुभारम्भ

काठमाडाँै, १६ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक समारोहका बीच नेपालमा पहिलोपटक विद्युतीय हस्ताक्षर शुभारम्भ गर्नुभयो ।

विद्युतीय कारोबारलाई सुरक्षित तथा भरपर्दाे बनाउने हेतुले प्रमाणीकरण नियन्त्रकको कार्यालयले विद्युतीय कारोबार ऐन, २०६३ र सो सम्बन्धी नियमावली, २०६४ अन्तर्गत सो कार्यको सुरुवात गरेको हो ।

विद्युतीय हस्ताक्षर शुभारम्भ गर्नुहँुदै राष्ट्रपति भण्डारीले सूचना प्रविधिको यथोचित प्रयोग गर्दै सार्वजनिक सेवालाई सुरक्षित, भरपर्दाे, वैध र सहज बनाई आमजनतामाझ पहँुचयोग्य बनाउँदै लैजानु आजको आवश्यकता रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले सार्वजनिक सेवा प्रवाहका क्रममा कारोवारको विश्वसनीयता कायम गर्दै गलत र किर्ते कागजात एवम् नक्कली दस्तखत प्रयोग गरी कामकाज गर्ने तथा सेवा लिनेदिने प्रवृतिको अन्त्य गरी विद्युतीय सुशासनको सञ्चालन गर्ने सरकारको प्रयासमा यो कार्य कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । Read the rest of this entry »

Older posts «

» Newer posts